धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल व्यवस्थापन शिक्षाका लागि परिचित शैक्षिक संस्था मानिन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय इन्टर्नसिपका कारण विद्यार्थीमाझ छुट्टै पहिचान बनाएको छ। पछिल्लो समय सीम्याट प्रवेश परीक्षाको तयारी, होटल व्यवस्थापन अध्ययनको भविष्य, व्यवहारिक शिक्षादेखि अन्तर्राष्ट्रिय रोजगारीसम्मका विषयमा कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले यूएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोसँग गरेको कुराकानीको स
धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा
इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले कला तथा साहित्य क्लबको आयोजनामा ‘पुस्तक समीक्षा शृङ्खला– पहिलो संस्करण’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ७ देखि १० सम्मका ६ जना विद्यार्थीले ६ वटा फरक–फरक पुस्तकमाथि गहन अध्ययन गर्दै समीक्षा, विश्लेषण र आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र विश्लेषणात्मक क्षमताले कार्यक्रमलाई विशेष बनाएको विद्यालयले जनाएको छ। प्रतिय
वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनका लागि आईतबार विभिन्न समिति गठन गरि ब्यवस्थापनको तयारी सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरेको हो । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा
धरान/ वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र
धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो
धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सफल भएका आफ्ना विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई दिएको छ। कलेजको सभाहलमा आयोजित कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायबाट उत्तीर्ण भएका सबै विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्दे
धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते नगर सभा गरेर निति कार्यक्रम सहित बजेट घोषणा गरिसक्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०८३/८४ का लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने हुन्छ । तर धरानले यस वर्ष पनि कानुनले तोकेकै समयमा नगरसभा घोषणा गरेर बजेट ल्याउन सकेन् । देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन् । तर धरानमा आन्तरिक तयारीका लागि जनप्रतिनिधीहरुको तालमेल हुन नसक्दा नगरसभानै अन्यौलमा परेको छ । यो अवश्था अहिलेको मात्रै होइन । २०७९ मा निर्वाचित भए पश्चात बनेको धरानको स्थानीय सरकारले समयमै बजेट बनाउन चु
धरान/ कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा-१२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बिहिबार कलेजले सम्मान गरेको छ। कलेजको आफ्नै सभाहलमा आयोजित उक्त समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन पब्लिक रिलेसन्स अफिसर राम बहादुर लिम्बूले गर्नुभएको थियो। समारोहलाई सम्बोधन
इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत “लाहुर“ मार्फत बलियो उपस्थिति जनाएको छ। “लाहुर“ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए। तर, संयोगवश त्यही अन्तिम प्रयास नै आज ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ। आफ्नो पहिलो सिर्जना “लाहुर“ श्रोतामाझ ल्याएसँगै, समकालीन आगामी दिनहरूमा अझ धेरै