शिक्षा

    Showing ६५१-६६० of १,९२३ items.
  • धरानमा दीर्घरोगी लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाजमा बढ्दै गएका दीर्घ रोगीहरुलाई लक्षित गरी परिवर्तनका लागि सामाजिक अभियानु नामक संस्थाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको छ। धरान–१ स्थित धरान मोडल कलेजमा आइतबार आयोजना गरिएको ७८औं संस्करणको शिविरमा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रशान्त शाहले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो। शिविरमा विशेष गरी मुटु रोग, मधुमेह र उच्च रक्तचापका समस्याबाट प्रभावित ६० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरिएको थियो। परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालका अनुसार, प्रत्येक महिनामा दुई पटक यस्ता शिविर नियमित र

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ७१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा–स्वास्थ्य ठप्प, विद्यार्थी–बिरामी मारमा

    काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन्दोलनमा उत्रिँदा मुलुकको शिक्षा र स्वास्थ्य सेवा ठप्पजस्तै भएको छ। सरकारले आन्दोलनलाई वेवास्ता गर्दै दमन र हस्तक्षेप बढाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ भने बिरामीहरू उपचारको अभावमा मारमा परेका छन्। आइतबार काठमाडौंमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा ६२ जना शिक्षक तथा कर्मचारी घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ भने पत्रकार सबिना कार्कीको समेत दुबै आँखामा चोट लागेको छ। आन्दोलनमा शान्तिपूर्ण तरिकाले उत्रिएका शिक्षकहरूमाथि सरकारको दमन चर्किएको भन्दै महासंघले आन्दोलन अझ तीव्र बनाउने चेतावनी दिएको छ। महा

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाँदबारीमा घरमै सुतिरहेका वृद्धको हत्या, दुई जना फरार

     तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा घरमै सुतिरहेका एक वृद्धको हत्या भएको छ। हत्या गरी फरार भएका दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। शनिबार राति करिब १२ बजेतिर आफ्नै घरको बरन्डामा सुतिरहेकै बेला ७२ वर्षीय मीनबहादुर कुमालमाथि दुई अपरिचित व्यक्तिले आक्रमण गरेका थिए। इलाका प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार कुमालको घाँटी थिचेर गम्भीर घाइते बनाइएको थियो। तत्कालै उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको समयमा कुमालले चिच्याउँदा घरभित्र सुतिरहेकी उनकी पत्नी सुनम

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक आन्दोलन तनावग्रस्त, दर्जनभन्दा बढी घाइते, झडपपछि आकस्मिक बैठक

    काठमाडौँ/ काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा शान्तिपूर्णरुपमा सञ्चालन हुँदै आएको शिक्षक आन्दोलन आइतबार तनावग्रस्त बन्दै हिंस्रक मोडमा पुगेको छ। निषेधित क्षेत्र तोड्ने प्रयासपछि प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच झडप भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा गत वर्षको चैत २० गतेदेखि सुरु भएको काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन आइतबार २५ औँ दिनमा प्रवेश गरेको छ। यसअघि शान्तिपूर्ण रुपमा अघि बढेको आन्दोलन आइतबार निषेधित क्षेत्र पार गर्ने प्रयाससँगै तनावग्रस्त बनेको हो। प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरूले पनि प्रतिकार गर्दै सडक छेउका ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठ

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ७७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कार्पियो गाडीबाट ३०० केजी गाँजा बरामद

    धरान/ धरानमा एक बेवारिसे अवस्थामा भेटिएको स्कार्पियो गाडीबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा लागुऔषध ओसारपसार भइरहेको खबर पाएपछि अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–१३ स्थित जिरोपोइन्ट चोकमा शुक्रबार राति चेकजाँच गरेको थियो। सुनसरी प्रहरीका अनुसार राति करिब ९ बजे चिण्डेडाँडा हुँदै कृषिबजारतर्फ जाँदै गरेको खैरो रङको को.१च.७३३५ नम्बरको स्कार्पियो गाडी जिरोपोइन्ट चोकमा चालकविहीन अवस्थामा फेला परेको हो। गाडी जाँच गर्दा पछाडिको सिटमा राखिएका कालो प्लास्टिकका १० वटा पोका फेला परेका थिए। ती सबै पोकामा गरेर करिब ३०० केजी गाँ

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • १,७३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४० सेकेन्डको कम्पन, जीवनभरको तरंग

    २०७२ साल बैशाख १२ गते, शनिबार। समय थियो ११:५६। धरानको दन्तकाली एफ.एम.को चौथो तलामा रहेको स्टुडियोमा म १२ बजेको समाचार प्रसारणको तयारी गर्दै थिएँ। स्क्रिप्ट तयार थियो, स्वरको ताल मिलाउँदै थिएँ। प्रसारण सुरु हुन चार मिनेट मात्रै बाँकी थियो—तर जीवनले चाहिँ अर्को प्रसारण सुरु गर्न लागेको रहेछ, जुन न स्क्रिप्टअनुसार थियो, न कुनै तालमा। अचानक भवन हल्लिन थाल्यो। सुरुमा सामान्य लाग्यो—तर त्यो केही सेकेन्डमै बर्बर आवाजमा परिणत भयो। स्टुडियोका पर्खाल, कुर्सी, उपकरण सबै हल्लिए। मेरो शरीरभन्दा पहिले मन लर्बरियो। खुट्टाले जमिन पक्रन सकेनन्, माइक समातिएको हात झुल्न थाल्यो। करिब ४० सेकेन्डसम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • ७८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि रोजगार मेला सुरु

    धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उक्त मेलाबाट धरानका एक हजारभन्दा बढीले रोजगारीको अवसर पाउने भएका छन् । आज(विहीवार) र भोली (शुक्रबार) हुन लागेको आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी दिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौगालाईका अनुसार कम्प्युटर अपरेटरदेखि लेखापाल, कुक, वेटर, पिसिएल नर्स, एएनएम, सिएमए, शिक्षक, फ्याक्ट्री मजदुर, हाउस किपिङ, मार्केटिङ एजेन्ट, मार्केटिङ मेनेजर, चालक, सुरक्षा गार्ड लगायत २२ प्रकारका रोजागरीको आवश्यकता प्राप्त भए

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ६७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टद्धारा आफ्ना सदस्यलाई २ लाख ९० हजार राहत प्रदान

    काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ । बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका दरले र मृत्यु भएका एकजनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनुभयो । जिफन्ट र घटक युनियनको नियमित सदस्यता नविकरण र शुल्क बुझाउने सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को परीक्षा गर्ने निर्णय,बैशाख ११ देखि परीक्षा गराउने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज  बिहान बसेको बोर्डको बैठकले १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते बिहीबार० देखि सञ्चालन गर्ने तयारी छ । देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी

    धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो । बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ६०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved