जिफन्टद्धारा आफ्ना सदस्यलाई २ लाख ९० हजार राहत प्रदान

  • वैशाख १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ ।

2

बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका दरले र मृत्यु भएका एकजनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनुभयो । जिफन्ट र घटक युनियनको नियमित सदस्यता नविकरण र शुल्क बुझाउने सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सहयोग गर्न जिफन्टले कोषको स्थापना गरेको हो ।

प्रत्येक ६ महिनामा प्रदान गरिने राहत कार्यक्रम अन्तर्गत बुधबार सम्पन्न बैठकले ११ जनालाई जनही २५ हजार र एक जना मृतकलाई १५ हजार दिने निर्णय गरिएको जिफन्ट एक्यबद्धता कोषका सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।
जसमा यातायात क्षेत्रमा काम गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरु मजदुरहरुमा मुटु रोगी प्रेमबहादुर थापा, मुखको क्यान्सरका कारण मृत्यु भएका बुद्धबहादुर ठटाल, मृगौला रोग पीडित रामगोपालप्रसाद ढकाल, मुटु रोगी युवराज चौधरी मुखको क्यान्सर पीडित जितबहादुर चौधरी, क्यान्सर पीडित ताराबहादुर राना मगर, मुटु रोग पीडित दर्दप्रसाद श्रेष्ठ, क्यान्सर पीडित जनकराज सिग्देल र मृगौला पीडित विराज घर्ती रहनु भएको छ ।

त्यस्तै निर्माण मजदुर क्युपेक नेपालका सदस्य मुटु रोगबाट पीडित नरबहादुर मगर, नेपाल स्वास्थ्य तथा कर्मचारी मजदुर युनियनका सदस्य ब्रेस्ट क्यान्सर पीडित तुलसीकुमारी ढकाल, होटल मजदुर युनियनका सदस्य मुटु रोग पीडित विनोद उराँव र जुट गार्मेन्ट तथा टेक्सटायल मजदुर युनियनका सदस्य क्यान्सर पीडित सिताराम दास रहनुभएको छ ।
२०७३ सालदेखि सुरु गरिएको जिफन्ट एक्यबद्धता कोष मार्फत जिफन्टका २ सय ६६ सदस्यहरुले यो कोषबाट राहत सहयोग प्राप्त गरिसकेको कोषका सदस्य बाबुराम कोइरालाले जानकारी गराउनु भयो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved