शिक्षा

    Showing ६०१-६१० of १,९२३ items.
  • धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

    धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ। परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो। कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।" कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • ४७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षित परिवारमै हिंसा : न्याय खोज्दै डाक्टर निता

    विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी सहायक प्राध्यापक डाक्टर निता यादवले आफ्नै परिवारबाट सम्पत्ति उपभोगमा अवरोध पुगेको गुनासो गर्दै न्यायको लागि आवाज उठाएकी छिन्। पतिको मृत्युपछिको कानुनी हकसमेत नपाएको भन्दै उनी सार्वजनिक रूपमा न्यायको माग गर्दै आएकी छन्। बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै डा। यादवले भनिन्, “मेरो हक खोसिएको छ, मेरो आवाज परिवारले दबाइरहेका छन्।” उनका श्रीमान् सुशील यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो। त्यसपछिको सम्पत्ति उनी स्वतन्त्र रूपमा उपभोग गर्न कानुनी रूपमा सक्षम भए पनि व्यवहारमा ससुरा डा। शीतलप्रसाद यादव र देवर सुनील

    • प्रकाशित मितिः जेठ २, २०८२
    • ३,६५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ वर्षीया छात्राले शौचालयमा जन्माइन शिशु

    पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • २,१४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोङ गाउँपालिकाको ‘गुरु किसान’ योजना: किसानलाई मालिक बनाउने अभियान

    इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन। तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ। गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ। गुरु किसानहरूले अरू किसानलाई

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ६१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी बाल सुधार गृहबाट तीन बालबन्दी फरार

    मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट तीन जना बालबन्दी फरार भएका छन्। सोमबार दिउँसो साढे दुई बजे भएको फरार घटनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका बालक हुन्। उनीहरूमध्ये उदयपुरका एक जनालाई जवरजस्ती करणी अभियोगमा अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। ती बालक सुधार गृहमा तीन वर्षदेखि रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङका बालक पाँच महिनाअघि मात्र पुर्पक्षमा सुधार गृहमा राखिएका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • ६५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माइपोखरीमा ४० हजार माछाका भुरा छाडियो

     इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा ४० हजार माछाका भुरा छाडिएको छ। सन्दकपुर गाउँपालिका–१ स्थित माइपोखरीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले माछाका भुरा छोडेको हो। प्राकृतिक तथा सार्वजनिक जलाशयमा माछाको संख्या वृद्धि गर्न थालिएको अभियानअन्तर्गत माइपोखरीमा भुरा छाडिएको कार्यालय प्रमुख डा. राघवेन्द्र तिवारीले जानकारी दिए। भुरा छोड्ने कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, प्राविधिक बेदनिधि दुलाललगायतको उपस्थिति थियो। माछाको प्रजनन वृद्धि गर्दै पारिस्थितिक सन्तुलन कायम गर्न

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ७६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

    सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो। प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए। सेमीफाइनलमा सहभागी १५० जना एसई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • १,०४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारबाट फर्किएपछि च्याउखेतीमार्फत वार्षिक १८ लाखभन्दा बढी बचत

    धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले च्याउखेतीबाट वार्षिक रु १८ लाखभन्दा बढी बचत गर्न सफल भएका छन्। तीन वर्षअघि दुबईबाट फर्किएका भुजेल हाल आफ्नै गाउँमा च्याउखेती गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। विदेशमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउने भुजेलले त्यसबाट खासै बचत गर्न सक्दैनथे। तर, अहिले उही मेहनत आफ्नो देशमा गर्दा राम्रो आम्दानीसँगै सन्तोषजनक जीवनयापन गरिरहेका छन्। “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनमा आँट थियो। विदेश होइन, अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ,” भुजेल भन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ६८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

    धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।  पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो । यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो ।  त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । यस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ९८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

    वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ। वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए। स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ। यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ६६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved