धरानमा दुर्व्यसन विरुद्ध बृहत विद्यार्थी भेला, सरकारी बेवास्ताप्रति निराशा

  • जेठ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले शुक्रबार धरानको भानुचोकमा बृहत विद्यार्थी भेला सम्पन्न भएको छ।

परिवर्तन संघको आयोजनामा सम्पन्न भेलामा युवालाई कुलतबाट जोगाएर समाज रुपान्तरण गर्न सकिने सन्देश दिइएको थियो।

कार्यक्रमको प्रमुख सन्देश युवाले नशाको जालमा नफसी सही मार्गमा अघि बढ्नुपर्नेमा केन्द्रित थियो। संघका अध्यक्ष सागर राई (ओसन) का अनुसार, "धरानमा बढ्दो दुर्व्यसन समस्याले युवाको भविष्यमा गम्भीर असर पारिरहेको छ, त्यसैले यसविरुद्ध अब विद्यार्थीकै नेतृत्व आवश्यक छ।"

कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै धरान उपमेयर ऐन्द्र विक्रम बेघाले युवाहरूलाई दुर्व्यसनविरुद्धको अभियानमा सक्रिय हुन आग्रह गरे।

उनले भने, “समाज र राष्ट्रको भविष्य जोगाउन युवाले सकारात्मक बाटो रोज्नुपर्छ। दुर्व्यसनले धरानलाई पीडा दिइरहेको छ, यसको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।”

भेलामा प्रस्तुत नाटक, गीत र नृत्यहरूले दुर्व्यसनको असरमा परेको परिवारको पीडादायी यथार्थ उजागर गरे। धरानका विभिन्न सामुदायिक र संस्थागत विद्यालयबाट सहभागी विद्यार्थीहरू अन्तिमसम्म गम्भीरतापूर्वक सहभागी थिए। उनीहरूले विद्यालयस्तरमै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने संकल्प गरेका छन्।

 कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथि हुने भनिए पनि उनको अनुपस्थितिले आयोजक परिवर्तन संघलाई निराश बनायो।

प्रमुख अतिथिको अनिश्चित आगमनले कार्यक्रम दोश्रो चरणसम्म ढिलाइ गरिए पनि अन्ततः उपमेयरको सम्बोधनपछि समापन गरिएको थियो। विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरिएका धरान मेयर हर्कराज राई पनि अनुपस्थित रहे।

भेलाले दुर्व्यसनविरुद्ध युवाको सक्रियता र सामूहिकताको शक्ति देखाए पनि सरकारी सहभागिताको कमीले यस्ता अभियान स्थायीत्वमा चुनौती हुने स्पष्ट संकेत दिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved