धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई लक्षित गरी मंगलबार विशेष अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा होटलको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवारले नयाँ विद्यार्थीलाई आत्मीय स्वागत गर्दै शैक्षिक नीति, अनुशासन, पठन–पाठन शैली र भविष्यको लक्ष्यबारे जानकारी गरायो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राईले “हामी सीमित संख्यामा विद्यार्थी राखेर गुणस्तरीय शिक्षा प्रदान गर्छौं,” भन्दै सुनाखरी एकेडेमीको शिक्षण दर्शन प्रस्तुत गरे। प्लस टु कोअर्डिनेटर टप कुमार राईले विद्यार्थीकेन्द्रित शिक
धरान/ "सहरकै गुणस्तरीय शिक्षा अब गाउँमै" भन्ने नारालाई सार्थक बनाउँदै धरान–६ पानबारीस्थित शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलले ग्रामीण विद्यार्थीलाई अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिँदै आएको छ। स्मार्ट बोर्डजस्ता डिजिटल प्रविधिको प्रयोग गर्दै आधुनिक शिक्षामा पहुँच दिन थालेको स्कुलले मोरङको केरावारीदेखि धरानको पानबारी क्षेत्रका बालबालिकालाई उज्यालो भविष्यको बाटो देखाइरहेको छ। २०४८ सालमा स्थापना भएको यो निजी विद्यालय साविकको पाँचकन्या गाउँपालिकाभित्रै पहिलो अंग्रेजी माध्यमको शिक्षालयका रूपमा स्थापित छ। झन्डै तीन दशकदेखि सेवा–मुखी शिक्षा प्रदान गर्दै आए
धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक विद्यालयमा ‘पुण्य क्रियेटिभिटी हब’को दोस्रो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। करीब एक वर्षअघि विद्यालयका पूर्वविद्यार्थी रामचन्द्र लिम्बुको संयोजकत्वमा स्थापना भएको हबले विद्यालयका छात्र–छात्राहरूलाई प्रविधि, प्रतियोगिता तथा रोबोटिक्स जस्ता सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै आएको छ। विद्यार्थीहरूलाई अनुसन्धान तथा नवप्रवर्तनमा प्रेरित गर्न समेत संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। २०८२ असार २२ गते सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ। सभाबाट गरिमा बस्नेत अध्यक्ष, सफलता चेम्जोङ उपाध्यक्ष, यथार्थ कटु
धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित सियोंन स्कुलले कक्षा ११ (प्लस टु) का लागि भर्ना खुला गरेको छ। स्कुलका भ्वाइस प्रिन्सिपल राकेश चौधरीका अनुसार विज्ञान (Science), व्यवस्थापन (Management) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा भर्ना प्रक्रिया सुरु भइसकेको छ।"हामी कम मात्रामा तर उत्कृष्ट विद्यार्थीहरूलाई लिन्छौँ", चौधरीले स्पष्ट पारे। उनका अनुसार एक सेसनमा अधिकतम ५० विद्यार्थी मात्र राखिनेछ। हालसम्म ३५ विद्यार्थीको नाम फाइनल भइसकेको छ भने बाँकी १५ सिटका लागि उत्कृष्ट विद्यार्थी छान्ने तयारी भइरहेको छ।स्कुल रोज्नुपर्ने कारणका विषयमा चौधरीले भने, "सियोंन स्कुलमा अध
धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ। सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ। शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकह
धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर–२०८१, सिजन–५ मा उत्कृष्ट स्थान हासिल गर्ने प्रतिभाशाली विद्यार्थीहरूलाई एक भव्य कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ। प्रतियोगिता र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा सम्पन्न भएको हो। धरान–१० स्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि. को सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा झापा होली बेल इङ्लिस सेकेन्डरी स्कुलका आविष्कार राउतलाई शीर्ष उपाधिसहित ५५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ। २५ हजार रुपैयाँ सहित फर्स्ट रनर अप बनेकी पब्लिक हाईस्कुलकी जिज्ञासा भट्टराई, सेकेन्ड रनर अप बनेका&n
धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रोकिएको भन्दै उपमेयर, वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर हर्कराज राई ‘साम्पाङ’लाई संयुक्त मागपत्र बुझाएका छन्। आइतबार मेयरको कार्यकक्षमै पुगेका उपमेयर अइन्द्रबिक्रम बेघा, सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले योजनासम्बन्धी रोकिएको भुक्तानी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेका हुन्। उनीहरूले असार १६ गतेयता मेयर साम्पाङले स्वीकृत योजनाका भुक्तानी फाइलहरू आफूमातहत राखेर प्रक्रिया अवरुद्ध पारेको उल्लेख गरेका छन्। “पूर्व स्वीकृत तथा नियमानुसार अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी अन्तिम चरणमा रोकिँदा संघ र प्रदेश सरकारक
धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ २ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए ।धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको स
वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी जेसिजले आइतवार वराहक्षेत्र नगरपालिका–६स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रगतको अभाव हटाउन र मानव सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे (सुरज) ले जानकारी दिए। कार्यक्रम अध्यक्ष घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वराहक्षेत्र न
धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन । स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उ