गुणस्तरीय शिक्षाको रोजाइ — धरानको सियोंन स्कुलमा प्लस टु पढ्न किन आउँछन् विद्यार्थीहरू? पढ्न मात्र होइन, जीवनकाे तयारी पनि — सियोंन स्कुलको फरक पहिचान

  • असार २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित सियोंन स्कुलले कक्षा ११ (प्लस टु) का लागि भर्ना खुला गरेको छ। स्कुलका भ्वाइस प्रिन्सिपल राकेश चौधरीका अनुसार विज्ञान (Science), व्यवस्थापन (Management) र कम्प्युटर विज्ञान (Computer Science) विषयमा भर्ना प्रक्रिया सुरु भइसकेको छ।

"हामी कम मात्रामा तर उत्कृष्ट विद्यार्थीहरूलाई लिन्छौँ", चौधरीले स्पष्ट पारे। उनका अनुसार एक सेसनमा अधिकतम ५० विद्यार्थी मात्र राखिनेछ। हालसम्म ३५ विद्यार्थीको नाम फाइनल भइसकेको छ भने बाँकी १५ सिटका लागि उत्कृष्ट विद्यार्थी छान्ने तयारी भइरहेको छ।

स्कुल रोज्नुपर्ने कारणका विषयमा चौधरीले भने, "सियोंन स्कुलमा अधिकतम फुल टाइम शिक्षकहरू छन्, जसले विद्यार्थीहरूको व्यक्तिगत हेरचाहमा सहयोग गर्छ। पार्ट–टाइम शिक्षक पनि अनुभवी र ख्यातिप्राप्त छन्।"

भिडियो:


उनका अनुसार स्कुलमा शैक्षिक वातावरणका साथै भौतिक संरचना पनि सशक्त रहेको छ— कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, भिजुअल क्लास, पुस्तकालय, होस्टेल, क्यान्टिन, पिउनयोग्य पानी र ५ वटा स्कुल बसको सुविधा छ। प्रत्येक कक्षामा सीमित विद्यार्थी राखी CCTV निगरानीमार्फत सिकाइलाई अझ प्रभावकारी बनाइएको छ।

एकेडेमिक उपलब्धिहरू सशक्त
पछिल्ला वर्षहरूमा स्कुलले एसईई र प्लस टु दुवैमा १००% नतिजा ल्याएको बताइएको छ। हालैको वर्षमा एसईई दिएकामध्ये ४७ जना विद्यार्थीले A वा A+ ल्याएका थिए भने प्लस टुमा १८ जनाले A वा A+ प्राप्त गरेका छन्।

अन्तरक्रियात्मक र अन्तर्राष्ट्रिय exposure पनि
चौधरीका अनुसार स्कुलले शैक्षिक भ्रमण तथा अन्तरक्रियात्मक सिकाइमा विशेष जोड दिएको छ। "हामीले थाइल्यान्ड, चीनसम्मका अन्तर्राष्ट्रिय टुरमा पनि विद्यार्थीलाई लगेका छौँ," उनले बताए। साथै, विद्यालय बास्केटबल, मिस प्लस टु, एसईई टपर जस्ता अतिरिक्त गतिविधिमा पनि अग्रणी रहेको उनले उल्लेख गरे।

कक्षा ११ असार २९ बाट सुरु हुँदै
नयाँ सत्रको कक्षा यही असार २९ गते आइतबारदेखि सुरु हुने बताइएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकलाई स्कुलले चाँडै सम्पर्क गर्न आग्रह गरेको छ।

चौधरीको सन्देश:
"हामी क्वालिटी एजुकेसनमा विश्वास गर्छौँ। सिमित सिट भएकाले चाँडो सम्पर्क गर्नुहोस्। सियोंन स्कुलले तपाईंको भविष्य सुनिश्चित गर्न प्रतिबद्ध छ।"

sion-add

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved