इन्द्रप्रस्थ जेष्ठ नागरिकले जेष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्‍यो

  • असार २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

जेष्ठ २ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए ।
धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको सहकार्यमा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

शिविरबाट १ हजार ६ सय भन्दा बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएको समाजकी अध्यक्ष दिव्यश्वरा गौतमले जानकारी दिइन् ।
यसमा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. ६ ले भरपुर सहयोग पुर्‍याएको छ ।

स्वास्थ्यको पहुच नपुगेका, अस्पतालसम्म जान नसक्ने वर्गलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर लाभदायक भएको नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष एवम् इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजका अगुवा बासुदेव गौतमले बताए ।

जेष्ठ नागरिकमा स्वास्थ्य सचेतना नहुने, सिकिस्त भएपछिमात्र अस्पतालसम्म पुग्ने अवस्था भएकोले स्वास्थ्य चेकजाँचसँगै सचेतनामूलक कार्यक्रम गर्दै आयोजना गरिएको स्वास्थ्य शिविर लाभदायक भएको बताए ।

शिविरबाट जेष्ठ नागरिकहरुले गाउँमै विशिष्ट चिकित्सकहरुद्वारा मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका जेष्ठ नागरिकहरुले भरपुर फाइदा उठाएका थिए ।

स्थानीय सरकारको प्रत्याभूति दिनकै लागि जेष्ठ नागरिकका हरेक कार्यक्रममा सहयोग पुर्‍याउदै आएको ६ नंं वडा कार्यालयले बार्षिक क्यालेन्डरमा राखेर निरन्तता दिने जनाएको छ । वडाध्यक्ष भुपेन्द्र भट्टराईले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर भएकोले यसलाई निरन्तता दिने बताए ।

स्थानीय सरकार धरान ६ ले इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजसँग सहकार्य गरेर यस भन्दा अगाडि वैसाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा सबैले आ आफ्ना ढंगबाट आमालाई खानपिन र लत्ताकपडा वितरणसँगै सम्मान गरेको थियो ।

ज्येष्ठ नागरिकको सम्मानस्वरुप स्थापना भएको इन्द्रप्रस्थ ज्येष्ठ नागरिक समाजले वडा कार्यालयसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्‍याइदने, साँस्कृतिक कार्यक्रम भजन कीर्तन संगीनि जस्ता कार्यक्रममा जेष्ठ नागरिकसँगै युवा पुस्तालाई समावेश गरेर आयोजना गर्ने लगायतका धेरै कार्यक्रम गरिदै आएको छ ।

यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई समाज तथा परिवारबाट एक्लो भएको महसुस नै नहुने गरेको जेष्ठ नागरिकहरु बताउँछन् ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

भोजपुरमा एकै परिवारक ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved