धरान/ धरान–१२ स्थित एम्स एकेडेमीका कक्षा–१२ का विद्यार्थीहरूले कक्षा–११ मा भर्ना भएका नवआगन्तुकहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरेका छन्। धरान–१५ को सदन सभाहलमा शनिबार आयोजित विशेष कार्यक्रममा नयाँ यात्रामा प्रवेश गरेका विद्यार्थीको उत्साहजनक सम्मान गरिएको थियो। कार्यक्रममा एम्स क्रियटिभ ग्रुपकी अध्यक्ष बिनुसा तामाङ, एकेडेमीका संयोजक दुर्गा सुवेदी, प्रिन्सिपल सन्तोष कोइराला, साथै सुबास पौडेल, युवराज अधिकारी, सन्जिव उदास र फडिन्द्र खतिवडालगायतले अबिर र खदा लगाएर नवआगन्तुक विद्यार्थीलाई हार्दिक स्वागत गरे। स्वागत मन्तव्य राख्दै संयोजक सुवेदीले एम्स एकेडेमीले हा
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाले वक्तित्वकला र चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आधारभुत ( कक्षा १ - ५ ) तब स्तरिय चित्रकला प्रतियोगिता तथा आधारभुत ( कक्षा ६-८) तह र माध्यमिक (कक्षा ९-१० ) तह स्तरिय वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको नगरपालिका शिक्षा , युवा तथा खेलकुद विकाश शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए । वक्तित्वकलाको शिर्षक "सामाजिक सञ्जालको प्रयोग र असर " रहेको थियो । चित्रकला प्रतियोगितामा जिवनज्योति ईङलिस स्कुलका अंकित गहतराज प्रथम भएका थिए । त्यस्तै सिदार्थ मेमोरियल ईङ्लिस स्कुलकि आयुष्मा थापा द्बितीय , सुनसरी स्टार एकेडिमिक
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरूले शुक्रबार धरान–४ मा रहेको चर्चित ढुङ्गेपार्कको शैक्षिक अवलोकन यात्रा सम्पन्न गरेका छन्। ढुङ्गामा कुदिएका राष्ट्रिय व्यक्तित्वका जीवन्त शिल्प नजिकबाट अवलोकन गर्दै उनीहरूले कला, इतिहास र सिर्जनशीलताको अनौठो अनुभव प्राप्त गरे। पार्क भ्रमणका क्रममा वडा अध्यक्ष धनबहादुर राई स्वयं बिद्यार्थीहरूलाई मार्गदर्शन गर्दै गौतम बुद्ध, बिश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुईत, क्रिकेटर पारस खड्का, फुटबलर प्रीति राई, ऊर्जा अभियन्ता कुलमान घिसिङलगायत देशका योगदानकारी व्यक्तित्वका बारेमा रोचक विवरण प्रस्तुत गरेका थिए। उनका अ
धरान/धरान–६ पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलले बिहीबार भव्य ट्यालेन्ट शो सम्पन्न गरेको छ। स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दमदार गीत, नृत्य र विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा उजागर गरे। कार्यक्रमको उद्घाटन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुबेदीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। अध्यक्ष सुबेदीले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार गायन, नृत्यलगायत अतिरिक्त गतिविधिमा सहभागिता जनाउन प्रेरित गर्दै भने, “हार–जितभन्दा पनि सहभागिता महत्वपूर्ण हो। यिनै गतिविधिहरूले आत्मविश्वास र व्यक्तित्व विकासम
विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषी कार्यका लागि एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको पोडवे सहित विभिन्न मेसिन र सिस्टम उपकरणहरु बनाएका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमा तर्फ अध्यनरत अन्तिम बर्षका विद्यार्थीहरुले कृषी कार्य गर्दा धानकाटने , दाई गर्ने , मल ,पानी , छर्ने , जोत्ने आदि काम एकै मेसिनबाट गर्नसक्ने स्मार्ट फार्मिङ उपकरण सहित स्मार्ट सिटीमा सोलारबाट चल्ने पोडवे लगायत विभिन्न्न मेसिन र सिस्टम उपकरणहरु बताएका
धरान/ धरान–१३ स्थित श्रम संस्कृति पार्कमा शुक्रबार उद्घाटन गरिएको गोर्खा चौतारीको कार्यक्रममा हाल बेलायतमा बसोबासरत शशी थापा सुब्बाद्वारा पत्रकारहरूलाई लक्षित गरी दिइएको अभिव्यक्तिप्रति तीन पत्रकार संगठनले कडा प्रतिक्रिया जनाएका छन्।नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपाल, सुनसरीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सुब्बाको भनाइलाई “पत्रकारहरूको पेसागत मर्यादा र आत्मसम्मानमाथिको अपमान” भनेका छन्।विज्ञप्तिअनुसार कार्यक्रममा मन्तव्य राख्दै सुब्बाले “लाहुरेको घरको चामल खाएर पत्रकारिता पढेको, लाहुरेकै घरमा सस्तो भाडामा बसेर पत्रकारिता गरेको&rdquo
धरान/अपाङ्गता भएका आदिवासी जनजातिहरूका अधिकार संरक्षण तथा वकालत क्षमतावृद्धिका उद्देश्यले नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ (निडा) ले कोशी प्रदेशमा दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार आयोजित छलफलमार्फत निडाको कोशी प्रदेश समिति गठनबारे बहस गरिएको थियो। त्यसपछिको दिन एबिलिस फाउन्डेसनको सहयोगमा वकालतसम्बन्धी एकदिने विशेष तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा संविधान सभा सदस्य तथा निडा प्रदेश उपाध्यक्ष इन्द्र कुमारी गुरुङले अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेत पत्र, निडाका लक्ष्य तथा गतिविधिबारे विस्तृत जानकारी दिइन्। त्यसैगरी निडाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद थापा मगरल
धरान/ विद्यालयस्तरमै फुटबल प्रतिभा विकसित गर्ने उद्देश्यले धरान–१२स्थित सुनाखरी एकेडेमीले मंसिर ७ देखि १७ गतेसम्म ‘सुनाखरी एकेडेमी कप’ अन्तरविद्यालय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। शनिबार पत्रकार सम्मेलन गर्दै एकेडेमीले जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता औपचारिक रूपमा घोषणा गरेको हो। सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राईका अनुसार कक्षा १० सम्मका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्ने, प्रतिस्पर्धात्मक वातावरण तयार गर्ने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता सुरु गर्न लागिएको हो। सुनसरीका १६ विद्यालय मात्र सहभागी हुनेछन्। दर्
सुन्दरहरैंचा/ मोरङको बेलबारीमा रहेको पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने भएको छ। बिहिबार बेलबारीमा पत्रकार सम्मेलन गर्दै एकेडेमिले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सुसान्त शर्माले बैज्ञानिक रूपमा मेमोरी टेक्निक सम्बन्धी तालिम दिँदै सृजनात्मक सिकाईको माध्यमबाट पढ्ने,सम्झने र लेखनको विशेष सीप विकास गर्दै उच्च प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उदेश्यका साथ कक्षा संचालन गर्ने बताए। लोकसेवा, शिक्षक सेवा, संस्थान, संगठित सं
धरान/ धरान–१६ स्थित यूएन नवोदय कलेजले आयोजना गरेको ‘यूएन नवोदय ट्यालेन्ट शो २०८२’ शुक्रबार सम्पन्न भएको छ। विद्यार्थीहरूको लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा नृत्य, गायन, व्यक्तृत्वकला, चित्रकला र निबन्धसहितका विभिन्न प्रतिस्पर्धामा कक्षा ११ का विद्यार्थीहरूले दमदार प्रस्तुति दिए। कार्यक्रमको अध्यक्षता यूएन-नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए। दीप प्रज्वलनपछि उनले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीहरूको कलात्मक विकासमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। क्याम्पस प्रमुख डम्बर कुमार तुम्