अपाङ्गता भएका आदिवासी जनजातिका अधिकारअधिकारकाे वकालत प्रशिक्षण

  • कार्तिक २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/अपाङ्गता भएका आदिवासी जनजातिहरूका अधिकार संरक्षण तथा वकालत क्षमतावृद्धिका उद्देश्यले नेपाल आदिवासी जनजाति अपाङ्ग सङ्घ (निडा) ले कोशी प्रदेशमा दुईदिने सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार आयोजित छलफलमार्फत निडाको कोशी प्रदेश समिति गठनबारे बहस गरिएको थियो। त्यसपछिको दिन एबिलिस फाउन्डेसनको सहयोगमा वकालतसम्बन्धी एकदिने विशेष तालिम सञ्चालन गरिएको हो।

कार्यक्रममा संविधान सभा सदस्य तथा निडा प्रदेश उपाध्यक्ष इन्द्र कुमारी गुरुङले अपाङ्गता भएका आदिवासी जनजातिहरूको श्वेत पत्र, निडाका लक्ष्य तथा गतिविधिबारे विस्तृत जानकारी दिइन्।

त्यसैगरी निडाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद थापा मगरले स्व–सहायता समूहहरूको वकालत भूमिका, अधिकार संरक्षणका रणनीति र संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले संविधानले सुनिश्चित गरेका अधिकार प्रभावकारी कार्यान्वयनका लागि अपाङ्गता भएका आदिवासी जनजातिहरू निरन्तररुपमा आवाज उठाउन आग्रह गरे।

IMG-20251108-WA0008 1

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved