धरान/ धरान–१६ स्थित यूएन नवोदय कलेजले आयोजना गरेको ‘यूएन नवोदय ट्यालेन्ट शो २०८२’ शुक्रबार सम्पन्न भएको छ।
विद्यार्थीहरूको लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले गरिएको कार्यक्रममा नृत्य, गायन, व्यक्तृत्वकला, चित्रकला र निबन्धसहितका विभिन्न प्रतिस्पर्धामा कक्षा ११ का विद्यार्थीहरूले दमदार प्रस्तुति दिए।

कार्यक्रमको अध्यक्षता यूएन-नवोदय कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले गरेका थिए। दीप प्रज्वलनपछि उनले कार्यक्रम उद्घाटन गर्दै विद्यार्थीहरूको कलात्मक विकासमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए। क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, गगनमान श्रेष्ठ र नुर खान, नीर कुमार राई, बिस्नु कुमार दाहाललगायत पदाधिकारीले आसन ग्रहण गरेका थिए।

कार्यक्रममा पत्रकार शेखरनाथ जोगी, फणिन्द्र तिम्सिना, स्वर्णिम फाम्बो अतिथि पत्रकारका रूपमा उपस्थित थिए भने विभिन्न विभागका प्राध्यापक, कर्मचारी र अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा गत वर्ष २०८१ मा उत्कृष्ट प्रदर्शन गरेका कक्षा १२ का विजयी विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। सम्मानित विद्यार्थीहरू:
रेओन बज्राचार्य (एकल नृत्य)
अनुष्का समूह (समूह नृत्य)
निर्दोष राेक्का – Science (गायन)
रिन्चेन तामाङ – H.M (चित्रकला)
रेशिका लिम्बू (अंग्रेजी व्यक्तृत्वकला)
प्रेम विश्वकर्मा (नेपाली व्यक्तृत्वकला)
रेशिका शर्मा (अंग्रेजी निबन्ध)
रोमिया राई (नेपाली निबन्ध)
गत वर्षका विजेताहरूको प्रस्तुति र योगदानको कदर गर्दै कलेजले यस वर्ष उनीहरूलाई विशेष सम्मान प्रदान गरेको हो।

यस वर्ष २०८२ को प्रत्यक्ष प्रतियोगिता कक्षा ११ का विद्यार्थीहरूबीच भएको थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै निम्न विद्यार्थी विजयी बनेः
एकल नृत्यतर्फ: ११ (H.M) की स्मारिका सेन ठाकुरी विजेता
समूह नृत्यतर्फ: ११ (H.M) को स्मारिका समूह प्रथम
व्यक्तृत्वकलातर्फ: ११ कक्षाका निसान विश्वकर्मा प्रथम
त्यसैगरी शिक्षा राई, अनुष्का उप्रेती, दिना राई, दिप्सन लिम्बू, सुक्राज राई, युमाडहाङ लिम्बू, लाबाहाङ लिम्बूलगायतले उत्कृष्ट प्रस्तुति दिएर निर्णायकको उच्च प्रशंसा प्राप्त गरे।

कार्यक्रमलाई झनै आकर्षक बनाउन SEE Singing Idol तथा SEE Dancing Idol का विजेता तथा रनरअपहरूले विशेष अतिथि प्रस्तुति दिएका थिए। खिना राना मगर, निमतेन्जी तामाङ, अल्बिन श्रेष्ठ, सिक्सुम समूह तथा दिना लिम्बूको प्रस्तुति उल्लेखनीय रह्यो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष ज्ञानेश्वर झाले विद्यार्थीले देखाएको प्रतिभाको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्यरूपमा निरन्तरता दिने घोषणा गर्दै कार्यक्रम समापन गरे।
