धरान/ नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो
धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी
धरान/ सुनाखरी एकेडेमीद्वारा आयोजना गरिएको सुनसरी जिल्ला–व्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ आईतबारदेखि भव्य शैलीमा सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेघाले खेलकुदलाई प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले अलग्गै बजेट व्यवस्था गरेको जानकारी दिए। उनले सुनाखरी एकेडेमीले विद्यालय तहकै छात्र–छात्रामा क्षमता, आत्मविश्वास र खेलकुदप्रति प्रतिबद्धता विकास गर्न गरेको पहल सराहनीय रहेको बताए। त्
धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ। उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागि विद्यालयहरूमा— सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपु
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda
धरान/ प्राइम भिजन इन्टरनेशनल कलेजले शिक्षण प्रणालीको गुणस्तरलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित ‘गुणस्तर सुधार प्रतिवेदन’ सार्वजनिक गरेको छ। कलेजले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै, “अब कलेजमा देखिनेछ अन्तर्राष्ट्रिय स्तरको शैक्षिक रूपान्तरण” भन्ने बलियो सन्देश दिएको हो। यस प्रतिवेदनलाई नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनासम्म कलेजमा बसेर गरेको अवलोकन, अध्यापन अभ्यास र कार्यशालाका निष्कर्षमा आधारित रहेर तयार पारेका छन्। प्रतिवेदनले अध्यापन शैलीको परिमार्जन, प्रविधिमूलक सिकाइ विस्तार, परियोजना&n
धरान/सुनसरीकाे धरान–१६ स्थित युएन, नवोदय कलेजले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुको सम्मान तथा स्वागत समारोह भव्यभन्दा भव्य सम्पन्न गरेको छ। धरान–१५ को चुम्लुङ हिममा मंगलबार(आज) आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई अविर र खदासहित स्वागत गरिएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष तथा एशोसिएट प्रोफेसर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, नुर खान, रामबहादुर लिम्बू, दिब्या झा लगायतले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शुभकामना दिएका थिए। समारोहमा प्रतिभावान, अनुशासित, स्कुल&ndash
धरान/ विश्वको शीर्ष वैज्ञानिक सूचिमा पर्नुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठुलो योगदान रहेको प्रा.डा. सञ्जीव शर्माले बताउनु भएको छ । मंगलबार धरानमा पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै प्रा.डा. शर्माले भन्नुभयो मैले करिव २० वर्षदेखि सर्पदंश उपचार पद्धतिमा सुधार, मुटु रोग तथा मिर्गौला रोगका विषयमा काम गरेँ । मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमले सहयोग गर्नुभयो र जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो । प्रा.डा. शर्माले भन्नुभयो काम हामी सबै मिलेर टिमले गरेका हौ । तर, नाम मात्रै मेरो आ
धरान/ सुनसरीभरका विद्यालयहरूमा फुटबलको रौनक झनै बढाउँदै ‘सुनाखरी एकेडेमी कप–२०८२’ मङ्सिर ७ देखि १७ गतेसम्म एन्फा एकेडेमी मैदान, धरान–१७ मा आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ भने विद्यालय–विद्यालयमा देखिएको उत्साहले यसपटकको संस्करण विशेष बन्ने संकेत गरिसकेको छ। फस्ट–कम–फस्ट–सर्भ्ड प्रणालीअनुसार सीमित १६ टिम मात्र रहने भएपछि दर्ता खुल्नासाथै विद्यालयहरूले छिट्टै नाम दर्ता गराएका थिए। इटहरीदेखि झुम्कासम्मका विद्यालय सहभागी भएपछि प्रतियोगिता जिल्लाभरको साझा खेल उत्सव जस्तै बने
वराहक्षेत्र/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) वराहक्षेत्र नगर समितिले आयोजना गर्ने खेलकुद सप्ताह मंसिर ५ गतेदेखि सुरु हुने भएको छ। मंसिर १३ गतेसम्म चल्ने खेलकुद महोत्सवमा वराहक्षेत्रका १९ वटा निजी विद्यालयका १ हजार ४४ जना विद्यार्थी खेलाडीका रूपमा प्रतिस्पर्धा गर्न तयार छन्। शनिबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमको विस्तृत जानकारी दिँदै प्याब्सन वराहक्षेत्र नगर समितिले यस वर्षको खेलकुद सप्ताहलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बतायो। प्याब्सन वराहक्षेत्र नगर समितिका अध्यक्ष खेमराज राईका अनुसार फुटबल, व्याडमिन्टन, म्याराथन, ५ किलोमिटर रन लगायतका विभिन्न विधा