ख्रीष्टमसमा रंगिएको धरान चाँडै धार्मिक सञ्जाल बन्नु आवस्यकः पाष्टर कुवेर गुरुङ

  • पुस १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । डिसेम्बर २५ तारिख अर्थात ख्रीष्टमस २०८१ देश विदेशमा धुमधामसँगै प्रभु येशु ख्रीष्टको जन्मोत्सवको रुपमा मनाएका छन् ।

WhatsApp Image 2024-12-25 at 18.30.14
पछिल्लो समय ख्रीष्टमस इसाई समुदायले मात्रै होइन सबै जात,जाती र धर्म र लिंगहरुको लागि साझा पर्ब सहितको भातृत्व प्रेम र सहिष्णुताको चाड भएको छ ।वुधबार परेको यो उत्सवलाई सवैले मनाएका छन् ।

3

विदेशमा रहने नेपाली तथा स्वदेशमा रहने नेपाली दाजुभाई दिदी बहिनीहरुले खी्रष्टमसलाई आपसी सदभाव,भाईचारा र भातृत्व प्रेमका लागि शुभकामना आदान प्रदान गरि मनाएका छन् ।

2 1

ईसाईहरु चर्च गएर विस्वासी र आफुन्तहरुसँग खशी साटा साट गदै शुभकामना प्रदान गर्दै मनाए भने अन्य धर्मालम्बीले पनि ख्रीष्टमसलाई हर्सो उल्लाससग मनाएका छन् ।धरान सहित नेपालका विभिन्न स्थानमा रहेका चर्चका विस्वासी र अन्यहरुले धुमधामले मनाए ।

5 2

 

सुनसरीको धरानमा ख्रीष्टमस उत्सव कार्यक्रम बिशेष नै भएको छ । यहाँका सवै जनाले उत्सवको रुपमा मनाएका छन् । आशिष प्रेस्बिटेरियन चर्च धरानमा प्रमुख अतिथि उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठ प्रमुख अतिथी रहेर ख्रीष्टमस उत्सव धुमधामसँग मनाइयो ।

WhatsApp Image 2024-12-25 at 18.31.12

 

पाष्टर कुवेर गुरुङका अनुसार धार्मिक सहिष्णुता , भातृत्व प्रेम र एकता कायम गर्नको लागि यसरी सामुहिक रुपमा ख्रीष्टमस मनाइएको बताए । योसँगै धरानमा अब चाँडै नै धार्मिक एकता र सहिष्णुताको लागि धार्मिक एकता सन्जाल पनि गठन हुने बताए ।

6

 

उनले भेन,सवै धर्मलाई सम्मान र कदर गर्न यो धरानको लागि आवस्यक छ, जस्ले गर्दा अझै आपसी सदभाब र भातृत्व प्रेम बढेर अनुकरणीय कार्यको सन्देश प्रवाह हुने र यसका लागि स्थानीय सरकारले समेत चासो र पहलकदमी राख्नु पर्ने उनको भनाई छ ।

471278517_8426934404078666_6993799981782903585_n

कार्यक्रमका प्रमुख अतिथी सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले ख्रीष्टमस साझा पर्व र एकता कायम गर्ने पर्व भएको बताए । धार्मिक सदभाव कायम राखेर सामाजिक सद्भाव र भातृत्व प्रेमले उन्न्ती प्रगति हुने बताएका छन् ।

471413116_8426312924140814_2741077427356853902_n

 धरान उपमहानगर भित्रको विभिन्न चर्च र मण्डलीमा यसरी नै अपासी सदभाव कायम गरि यो पर्वलाई मनाइएको छ ।

471371494_1116106183497706_3473954278268360641_n

 सामाजिक सन्जालको वालहरुमा इसाई र अन्य समुदायलेको ख्रीष्टमस मनाएको तस्वीरहरुले रंगिएका छन् ।

1 5

 नेपाल सरकारले पनि आज ख्रीष्टमसको अवसरमा सार्वजनिक विदा दिएर सवैको पर्व भएको सन्देश प्रवाह गरेको छ ।

3 1

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved