धरान मेघा ए, सियोन, होलिल्याण्ड र टावर टेम्पल झापा सेमिफाइनल प्रवेश  तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल,

  • पुस ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt - विकास चाम्लिङ राई

सुनसरी/ धरान मेघा कलेजको आयोजनामा आयोजित  धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा ए, सियोन स्कुल, होलिल्याण्ड स्कुल र टावर टेम्पल स्कुल झापा सेमिफाइनल प्रवेश गरेको छ । 
 
बुधवार भएको क्वाटरफाइनल खेलमा धरान मेघा ए टिमले धरान आदर्श कलेजलाइ ४९-४३,  सियोन स्कुलले बिजयपुर स्कुललाइ ५१-१५, होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५१-३० र टावर टेम्पलले कार्मेल हाइ स्कुललाइ ९६-२७ फराकिलो अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन ।
 
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा ए र धरान आदर्शले  प्रत्येक क्वाटरमा १८–९, ६–७, ९–१७ र १६–१० अंक जोडेका छन । दोस्रो खेलमा सियोन र बिजयपुर स्कुलले १९-१५, ७-०, १३-८, र १२-७ अंक जोडेका थिए । तेस्रो खेलमा होलिल्याण्ड र डिपो स्कुल ए टिमले प्रत्येक क्वाटरमा १२-२, १८-१०, ११-८ र १२-६ अंक जोडेका थिए ।
 
यसै गरि अन्तिम क्वाटरफाइनल खेलमा टावर टेम्पल झापाले कार्मेल स्कुलले प्रत्येक क्वाटरमा २७–६, १९–५, २२–१२ र २८–४ अंक जोडेका थिए ।
 
बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा धरान मेघा ए टिम र सियोन स्कुल र दोस्रो सेमिफाइनल खेल टावर टेम्पल स्कुल झापा र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।
 
१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ ।
 
प्रतियोगिताका विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
 
प्रतियोगितामा धरान बास्केटबल संघ, सुनसरि बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको बिशेष सहयोग रहेको छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved