धरानका डिएसपी जबेगु सर्वोत्कृष्ट प्रहरी घोषित

  • पुस ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ इलाका प्रहरी कार्यालय धरानका डिसपी प्रकाश जबेगु कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भई सम्मानित भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले डिएसपी जबेगुलाई मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरि सम्मानित गरेको हो ।
प्रहरी नायब उपरीक्षक जबेगुले धनकुटाबाट धरान आउँदै गरेको बा १ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाइएको दुईवटा गाडीमा लागुऔषध गाँजा सहित मङ्सिर १८ गते धरान–१३ अमरहाटमा पक्राउ गरेका थिए ।

चेकजाँच गर्न रोक्दा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले तीव्र गतिमा सवारी चलाएको हुँदा ४ राउन्ड गोली फायर समेत गरी उक्त गाडिलाई नियन्त्रणमा लिएर दुवै गाडिबाट कुल ६९० केजी गाँजा र चालकलाई पक्राउ गर्न सफल भएका थिए ।

अदालतद्वारा दण्ड सजायको फैसला भएका विभिन्न मुद्दाका ११ जना फरार अभियुक्तहरू मङ्सिर महिना भित्र पक्राउ गरेका थिए । भन्सार छलेर चोरी पैठारी गरिएको १७ लाख ३२ हजार ४३० रुपैयाँ मूल्यका सामानहरू पक्राउ गरेका थिए ।
डिएसपी जबेगुबाट मङ्सिर महिनामा भएको उक्त कार्यको उच्च मूल्याङ्कन गदै २०८१ साल मङ्सिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषण गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको घोषणामा उल्लेख छ ।

डिएसपी जबेगुले धरानमा आपराधिक घटनाको नियन्त्रणमा प्रभावकारी नेतृत्व प्रदान गर्दै आएका छन् । स्थानीय समुदायसँग उनले राम्रो समन्वय गर्दै आएकाले धरानको ठुलो समस्या लागुऔषधको ओसार पसरलाई नियन्त्रण गर्न सफल भैरहेका छन् ।

प्रदेश प्रहरी कार्यालयले डिएसपी जबेगुको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकप्रति निर्वाह गर्दै आएका उत्तरदायी भूमिकालाई उत्कृष्ट योगदानको रूपमा लिएको पनि उल्लेख गरेको छ ।

यसैबीच सर्बोत्कृष्ट भएका डिएसपी जबेगुले आफु सम्मानित हुनु प्रहरीको नियमित चलिरहने भएकाले यस सम्मानबाट आफ्नो जिम्मेवारी अझ बढेर गएको अनुभुति भएको बताए । धरानको शान्ति सुरक्षा कायम गर्न निकै चुनौती पुर्ण रहेको बताउँदै आगामी दिन सबैको साथ सहयोगको अपेक्षा गरेको पनि बताएका छन् । धरानमा विभाजित भएर  होइन मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।

 

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved