धरान/ विशेष सूचनाका आधारमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धरान–१६ नौलोबस्ती क्षेत्रमा जारी लागू औषध ओसारपसारको गतिविधि रोक्न छापा मार्दा दुई युवालाई ठूलो परिमाणको नशालाग्दासहित नियन्त्रणमा लिएको छ। प्रहरीले धरान–१६ का २७ वर्षीय दिल कुमार राईको साथबाट ट्रामाडोल ६१ र स्पासपेन ६१ गरी कुल १२२ ट्याब्लेट फेला पारेको छ। त्यस्तै, धरान–१३ का २७ वर्षीय सागर भुजेलको साथबाट ट्रामाडोल ७७ र स्पासपेन ७७ गरी १५४ ट्याब्लेट बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।
बिराटनगर/ बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार इटहरीस्थित सोाल्टी वेस्टेन्डमा आयोजना गरेको दीक्षान्त समारोह–२०२५ अत्यन्तै भव्य र अनुशासित वातावरणमा सम्पन्न भएको छ। कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र शैक्षिक उपलब्धिलाई सम्मानित गर्दै कार्यक्रम सम्पन्न गरेको हो। कलेजका कुल ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना BSc (Hons) International Business Management र १० जना BSc (Hons) International Hospitality Management तहबाट दीक्षित भएका हुन्। कलेजका अनुसार यी विद्यार्थीहरू वैश्विक तथा स्थानीय
धरान/ धरान-१४ निवासी शिक्षाप्रेमी सुरेन्द्र घिमिरेले सोमबार आफ्नो जन्म दिनको अवसरमा दन्तकाली माविमा आमा शोभादेवी घिमिरेको नाममा १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका छन्। यस अवसरमा वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई र शिक्षक–अभिभावक संघका अध्यक्ष गोकुल प्रसाद पोख्रेलको रोहवरमा घिमिरेले बिद्यालयका प्रधानाध्यापक बिनोद बस्नेतलाई १ लाख ५ रुपैयाको चेक हस्तान्तरण गरेका थिए। प्रधानाध्यापक बस्नेतले आफ्नो जन्म दिनमा बिद्यालयलाई गरिएको योगदानप्रति घिमिरेलाई धन्यवाद व्यक्त गरे। शिक्षामा लगानी, ल्याउने सुनौलो बिहानीको रूपमा सुरेन्द्र घिमिरेको यो पहल अत्यन्त सराहनीय
बिराटनगर/ एस्पायर कलेजले कोरियाको अग्रणी एड–टेक कम्पनी छन्जे एजुकेशनसँग दक्षिण कोरियामै गएर ऐतिहासिक सहकार्य सम्झौता (MOU) सम्पन्न गर्दै अन्तर्राष्ट्रिय साझेदारीको नयाँ द्वार खोलेको छ। डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँग भएको यो रणनीतिक सहकार्यले एस्पायर कलेजका विद्यार्थीलाई विश्वस्तरको सिकाइ, सीप र वास्तविक परियोजना अनुभव प्राप्त गर्ने सुवर्ण अवसर दिलाउने अपेक्षा गरिएको छ। एस्पायर कलेज काठमाडौँ विश्वविद्यालयका School of Engineering र School of Education मार्फत BIT (Bachelors in Information Technology) र BTech. Ed IT (Bachelors of Technical Ed
धरान/ धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा सोमबार सम्पन्न पहिलो सुनाखरी एकेडेमी कप–२०८२ को अन्तिम सेमिफाइनलमा नेपाल पुलिस स्कुलले ज्वालामुखी माध्यमिक विद्यालयलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलभरि आक्रामक प्रदर्शन गरेको पुलिस स्कुलका धेरै प्रयासहरू ज्वालामुखीको सशक्त र संगठित डिफेन्सले रोक्दै उत्कृष्ट प्रतिरक्षा खेल प्रस्तुत गरेको थियो। उत्कृष्ट प्रदर्शनका आधारमा पुलिस स्कुलका जर्सी नं. ६ समिन आलम ‘म्यान अफ द म्याच’ घोषित भए। यसअघि आइतबार
धरान/ सुनाखरी एकेडेमी, धरान–१२ द्वारा आयोजित पहिलो संस्करण ‘सुनाखरी एकेडेमी कप–२०८२’ अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा सुनाखरी रेड ले सैनिक आवासीय स्कुल लाई शानदार जित दर्ता गर्दै फाइनल यात्रा सुनिश्चित गरेको छ। खेल एन्फा एकेडेमीको खेल मैदान, धरान–१७ मा भएको थियो। खेलको पहिलो हाफको २४औँ मिनेटमा सुनाखरी रेडका जर्सी नम्बर ९ आदेश पोद्दारले १ गोल गर्दै टिमलाई अग्रता दिलाए। सैनिक आवासीय स्कुलले बलियो प्रतिरोध र निरन्तर प्रयास गरे पनि पहिलो हाफमा बराबरी गोल फर्काउन सकेन। दोस्रो हाफमा सुनाखरी रेड अझ आक्रामक बनेर उत्रियो। हाफको सुरुवाती ५ मिनेटमै जर्सी नम्
धरान/ “हिबिस्कस क्विज मेनिया सिजन–४” का लागि विद्यालयहरूले नाम दर्ता गर्ने क्रम तीव्र बनेको छ। धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङसहित विभिन्न स्थानका विद्यालयहरूलाई पत्र पठाएपछि हालसम्म २५ विद्यालयले औपचारिक रूपमा दर्ता गराइसकेका छन्। विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम म्याद मङ्सिर २५ तोकिएको छ। उनका अनुसार सो म्यादसम्म जति विद्यालयले चाहे पनि सहज रूपमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ। यस प्रतियोगिताले विद्यार्थीमा विश्लेषण क्षमता, आत्मविश्वास र लोकसेवा आयोगस्तरका प्रश्न–समाधान सीप विकास गर्ने उद्देश्य र
धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे। साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे। दोस्
सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो। खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगाय
धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्। धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ। मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो। पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं.