सुनाखरी कप :नेपाल पुलिस र ज्वालामुखी सेमिफाइनलम

  • मंसिर १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्लामा जारी अन्तरविद्यालय सुनाखरी कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका क्वाटरफाइनल खेलहरूमा नेपाल पुलिस स्कुल र ज्वालामुखी स्कुलले प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस स्कुलले माउन्ट हर्मन स्कुललाई ६–१ को निर्णायक अन्तरले हरायो। खेलमा पुलिसका समीर राई चम्किए—पहिलो हाफको १०औँ मिनेट, दोस्रो हाफको २०औँ र २३औँ मिनेटमा गरी उनले ह्याट्रिक पूरा गरे।

साथै, उज्ज्वल थापा ले पहिलो हाफको १९औँ र दोस्रो हाफको १२औँ मिनेटमा दुई गोल जोडे। विकास मगर ले दोस्रो हाफको १७औँ मिनेटमा एक गोल थपे।

  दोस्रो खेलमा ज्वालामुखी स्कुल ले हिमशिखर स्कुललाई २–० ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्यो। ज्वालामुखीतर्फबाट सन्देश राई ले २६औँ मिनेटमा पहिलो गोल गरे भने पर्वत विक ले त्यसको एक मिनेटमै (२७औँ) दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए। 

दुवै खेलका ‘म्यान अफ द म्याच’ क्रमशः समीर राई (नेपाल पुलिस) र हार्दिक राई (ज्वालामुखी) घोषित भए। उनीहरूलाई जनही १/१ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved