सुनाखरी कप: प्रभात सेकेन्डरी र सैनिक आवासीय क्वाटरफाइनलमा

  • मंसिर ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जिल्ला–व्यापी फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण अन्तर्गत मङ्गलबारका खेल सम्पन्न भएका छन्।

धरान–१२ स्थित सुनाखरी एकेडेमीद्वारा आयोजित प्रतियोगिता एन्फा एकेडेमी खेलमैदान, धरान–१७ मा जारी छ।

मङ्गलबारको पहिलो खेलमा प्रभात सेकेन्डरी बोर्डिङ ले ज्ञानकुन्ज रेसिडेन्सियल स्कुल लाई प्रभावशाली प्रदर्शनका साथ ८–० को ठुलो गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो।

पहिलो हाफमै ३–० को अग्रता लिएको प्रभातले दोश्रो हाफमा थप पाँच गोल गर्दै सहज जित हात पारेको हो।

पहिलो खेलका प्लेयर अफ द म्याच प्रभातका जर्सी नं. ११ युवाहाङ राई घोषित भए।

दोस्रो खेलमा नेपाल सैनिक आवासीय मा.वि. र सुनाखरी निलो बीच प्रतिस्पर्धा रोमाञ्चक बनेको थियो। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाई–ब्रेकरमा पुगेको थियो, जहाँ सैनिकले सुनाखरी निलोलाई ३–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो।

बुधबारको पहिलो खेल दिउँसो १ बजे सेन्ट जोसेफ बोर्डिङ र ज्वालामुखी मा.वि. र  दोस्रो खेल दिउँसो २:३० बजे हिमशिखर बोर्डिङ र देउराली चिल्ड्रेन एकेडेमीबिच हुने आयोजकले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved