सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्। कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ। पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाए
धरान/ धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशकै ठूलो पाँच तारे होटल ‘होटल मेची क्राउन’को अवलोकन भ्रमण गराएको छ। शनिबार आयोजित भ्रमणसँगै होटलको आतिथ्य सेवा, व्यवस्थापन, खानपान, शिष्टाचार तथा व्यावसायिक कार्यशैलीबारे अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको हो। होटल मेची क्राउनमा आयोजित अभिमुखीकरण कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक घिमिरेले विद्यार्थीलाई अहिले देखि नै आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गरी त्यसतर्फ दृढतापूर्वक अघि बढ्न आग्रह गरे। पाँच तारे होटलको प्रत्यक्ष भ्रमण ग
झापा/ झापा गाउँपालिका–५ को वडा कार्यालयमा राति झ्यालको सिसा फुटाएर प्रवेश गरी करिब दुई लाख ५५ हजार रुपैयाँ बराबरका विद्युतीय सामग्री चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भदौ ५ गते राति वडा कार्यालयको पछाडिपट्टिको झ्यालको सिसा फुटाएर कार्यालयभित्र प्रवेश गरी ल्यापटप, मनिटर, स्क्यानर, पेनड्राइभ तथा डिजिटल फिङ्गरप्रिन्ट रिडर चोरी भएको थियो। घटनाको जानकारी भदौ ६ गते जिल्ला प्रहरी कार्यालय झापामा पुगेपछि प्रहरी निरीक्षकको कमाण्ड तथा प्रहरी चौकी शरणामतीको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको आशंकामा झापा गाउँपालिका&n
झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्। शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो। गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। इलाका प्रह
तानसेन/ पाल्पामा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बगनासकाली पोखराथोकका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत २०८३ साउन ५ गते दिउँसो करिब ३ः३० बजे पाल्पा जिल्लाभित्र बस्ने १० वर्षीया बालिका र १६ वर्षीय युवकबिचको घटनासम्बन्धी उजुरी परेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको जनाएको छ। आरोपितले बालिकालाई आफ्नो घरमा बोलाइ लिची खान दिने भन्दै घरको माथिल्लो तलाको कोठामा लगेर जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ। पीडित पक्षको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनामा संलग्न भएको आरोपमा बालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि
सुनसरी/ भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् । मण्डलले भने, ‘जुटखेतीमा श्रम र समय दुवै धेरै लाग्छ । चैत वैशाखमा बीउ छरेपछि मल हाल्ने, गोडमेल गर्ने र झारपात उखाल्ने काम गर्नुपर्छ त्यसपछि जुट काटेर करिब एक हप्तासम्म पानीमा डुबाएर राख्नुपर्छ त्यसपछि डाँठबाट रेसा निकालेर घाममा सुकाइन्छ र भोजा बनाएपछि मात्रै बजारमा बिक्रीका लागि तयार हुन्छ ।’ यो खेतीमा मेहनत धेरै छ, तर अहिले मूल्य राम्रो भएकाले आम्दानी पनि राम्रो हुन थ
बराहक्षेत्र/बराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित दुर्वासा वैकुण्ड मोक्ष घाटमा शव दाहा स्थल निर्माण गरिएको छ । नगरपालिकाले दुर्वासा घाट वैकुण्ड मोक्ष व्यवस्थान गर्ने योजना अनुसार मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिसंगको सहकार्यमा उक्त दुर्वासा वैकुण्ड मोक्ष घाट क्षेत्रमा ६ बटा शव दाहा स्थल , बिश्राम स्थल , सौचालय , खानेपानी लगायका संरचनाहरु निर्माण भएका छन् । नगरपालिकाको कार्यालय , मारवडी सेवा समिति धरान र बृहत्तर बराहक्षेत्र बिकास समितिको सहकार्यमा उक्त संरचनाहरु निर्माण गरिएको हो । धार्मिक तथा पौराणिक महत्वको उक्त दुर्वासा घाट क्षेत्रमा संरचना व्यवस्थ
धरान/ युएन कलेज धरानमा सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) प्रथम सेमेस्टरको भर्ना खुलेको एकै दिनमा सबै सिट भरिएपछि भर्ना प्रक्रिया बन्द गरिएको छ। कलेजले आइतबार नयाँ विद्यार्थी छनोटका लागि अन्तर्वार्ता तथा समूहगत छलफल सम्पन्न गरेको थियो। छनोटमा सहभागी विद्यार्थीका लागि सोमबार बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म भर्ना खुला गरिएको थियो। तर, विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिताका कारण निर्धारित सिट एकै दिनमै भरिएको कलेजले जनाएको छ। पूर्वाञ्चल क्षेत्रमा होटल व्यवस्थापन शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित युएन कलेजले स्थापनादेखि नै गुणस्तरीय, व्यावहारिक र रोजगारमुखी शिक्षा प्रदान ग
धरान/ धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीमा कार्यरत ल्याब टेक्निसियन लुना अधिकारीको असामयिक निधन भएपछि धरान उपमहानगरपालिकाले सोमबार (आज)एक दिन शोक बिदा दिने निर्णय गरेको छ। अधिकारीको सोमबार असामयिक निधन भएको खबरले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै नगरपालिकाले दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। कार्यवाहक नगरप्रमुखस्तरीय निर्णयअनुसार सोमबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, अत्यावश्यक सेवा बाहेकका मातहतका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्थामा शोक बिदा दिइएको हो। नगरपालिकाका अनु
धरान/ धरान–१६ स्थित सियोन स्कुलमा कक्षा–१० का विद्यार्थीहरूले वास्तविक संसदको झल्को दिने गरी ‘नमुना प्रतिनिधि सभा’ सञ्चालन गरेका छन्। विद्यार्थी सांसदहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विधेयकमाथि बहस गर्दै ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ बहुमतले पारित गरेका छन्। शुक्रबार विद्यालयको सभाहलमा बसेको नमुना प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिएको थियो। विद्यार्थी सांसदहरूले विधेयकका विभिन्न प्रावधानमाथि पक्ष–विपक्षमा आफ्ना धारणा राख्दै तर्क प्रस्तुत गरेका थिए। सभामु