शिक्षा

    Showing १,८३१-१,८४० of १,९२४ items.
  • मेघा कलेजद्वारा धरानका उत्कृष्ट विद्यार्थीलाई सम्मान

    धरान / कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई धरान–१२ चतरलाइनस्थित मेघा कलेजले सम्मान गरेको छ ।कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । मेघा कलेजले धरान उपमहानगरभित्रका ६ वटा विद्यालयका ६ जना विद्यार्थीहरूलाई खदा र उपहारसहित सम्मान गरेको हो । विद्यार्थीहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूमा चिराग श्रेष्ठ, मेनुका दर्जी, सपना चाम्लिङ, सदीक्षा गुरागाईं, डम्बरकुमारी खत्री र ज्योति सोनाका छन् । उनीहरू आफ्नो विद्यालयका उत्कृष्ट विद्या

    • प्रकाशित मितिः फागुन २, २०७७
    • १,०७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन कलेजद्वारा प्रदेश १ मा पहिलो र तेस्रो हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान

    धरान/ धरान १६ स्थित युएन नवोदय कलेजले विएचएम संकायतर्फका प्रदेश १ पहिले तथा तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि प्रदेश १कै विएचएम पहिलो सेमेस्टरमा पहिलो भएकी ऋतु राई,दास्रो सेमेस्टरमा पहिलो भएकी स्टेला मेन्याङ्गवो र दोस्रो सेमेस्टरबाटै प्रदेश १ कै तेस्रो भएकी दिला नेम्वाङलाई सम्मान गरेको हो । पहिले र तेस्रो हुने विद्यार्थीहरुलाई कलेजले क्रमशः नगद रु २५हजार ,१० हजार र सम्मान पत्र प्रदान गरेको थियो । प्रथम हुने ऋतु र स्टेलाले समान ३.६९ जिपिए अंक ल्याएका थिए भने तेस्रो हुने दिलाले ३.६२ जिपिए ल्याएका थिए । कार्यक्रममा बोल्दै कलेज प्रमुख

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • १,४२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएन नवोदयमा ट्यालेन्ट सो

    धरान/ धरान–१६ को युएन नवोदय क्यापसमा बिहीबार यस वर्षको ट्यालेन्ट सोको पहिलो चरण सम्पन्न भएको छ ।क्यापस परिसरमै आयोजित कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले आ–आप्mनो प्रतिभा प्रस्तुत गरेका थिए । पहिलो चरणको प्रतियोगितामा गायनतर्पm २२ जना विद्यार्थीहरू सहभागी थिए भने नृत्यतर्पm चारजना विद्यार्थीले भाग लिएका थिए । पहिलो चरणको प्रतियोगिताबाट गायनतर्पm उत्कृष्ट पाँच तथा नृत्यतर्पm उत्कृष्ट तीन विद्यार्थी दोस्रो चरणका लागि छनोट भएका छन् । गायनतर्फ कक्षा–१२ का नविन दर्नाल, विश्वदीप बज्राचार्य, शारदा तामाङ, रोमन गुरुङ र कक्षा–११ का सुमन गुरुङ छनौट भएका छन् भने नृत्यतर्

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ९६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शैलजा आचार्य पोलिटेक्निकको १९ औं वार्षिक उत्सव सम्पन्न

    विराटनगर । शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो १९ औ वार्षिक उत्सव मनाएको छ । शुक्रबार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानीय वुद्धिजीवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै जहदा गाउँपालिकाका अध्यक्ष कैलाशानन्द मण्डलले पोलिटेक्निकका लागि आवश्यक सबैखाले सहयोग गर्न तयार रहेको बताए । उनले ग्रामीण जनताका लागि बहुमुल्य निधिका रुपमा रहेको पोलिटेक्निकबाट सीमान्तकृत समुदाय लाभान्वित भएको बताए । कलेजकी अध्यक्ष मीता आचार्यले शहीदहरु तथा संस्थाकाबारेमा प्रकाश पारेकी थिईन् । उनले प्रजातन्त्रवादी चिन्तकहरुको सपना

    • प्रकाशित मितिः माघ १८, २०७७
    • १,१६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनता माबि कान्चिराङ्गमा बन्ने ४ कोठे पक्की भवनको शिलन्यास

    बेलका/  जनता माध्यमिक वद्यालय कान्चिराङ्गलेको ४ कोठे भवनको मंगलबार एक कार्यक्रममा बिच शिलन्यास भएको छ । बेलका नगरपालिका वडा नं ७मा रहेको विद्यालयको ४ कोठे आरसिसी भवनको नगर प्रमुखदुर्गा कुमार थापा र उपप्रमुखराजकुमारी चौधरिले संयुक्त रुपमाशिलन्यास गरेका हुन् । नगरपालिकाको शसर्त अनुदानतर्फको ३६ लाख र बिद्यालयको ७लाख गरिजम्मा ४३ लाखाको लागतमा भवन निमार्ण गर्न लागिएको हो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारुहाङ राईले विद्यालयमा विद्यार्थीहरुको संख्या धेरै भएकाले व्यवस्थापन गर्न कठिनाई परिरहेकाले नगरपालिका सग भवन निमार्णका लागि पहल गरिएको बताए । उनले गुणस्तरीय शिक्षा

    • प्रकाशित मितिः माघ १५, २०७७
    • ९०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण

    धरान : चिसो बढेसगै विद्यालयमा आउने विद्यार्थीहरुको संख्या घट्न थालेपछि विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क न्यानो पोषाक वितरण गरिएको छ । धरान १६मा रहेको चन्द्र संस्कृत माध्यमिक विद्यालयले न्युन आयस्तर भएका कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई आफ्नै निजि स्रोत बार्ट पोशाक वितरण गरेको हो । बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अभिभावकहरुको समेत उपस्थितिमा पोषाक वितरण गरिएको प्रअ अजय शाहीले बताए । प्रअ शाहीका अनुसार पुर्वान्चलमै पहिलो पटक कक्षा १ देखि कक्षा १२ सम्म संस्कृत विषय पठन पाठन हुदै आएको पहिलो विद्यालय भएकाले विद्यालयप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा अझ विद्यालयमा स

    • प्रकाशित मितिः माघ ८, २०७७
    • २,२१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    विराटनगर,विराटनगर महानगरपालिकाको कार्यालय वडा नम्बर १ ले आफ्नो वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएका छन्,’ वडाध्यक्ष अर्यालले भने, ‘कक्षा कोठामा दुरी कायम गर्ने, ज्वरो नाप्ने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने जस्ता कुरालाई स्कुलले विशेष ध्यान दिएको छ ।’ कुनै विद्यार्थीलाई ज्वरो आएको रहेछ भने अभिभावकलाई बोलाएर उपचारका लागि सम्बन्धित ठाउँमा लैजान आग्रह गर्ने र

    • प्रकाशित मितिः पुस १२, २०७७
    • १,५५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना त्रासमै विद्यालय संचालन :कोर्ष पुरा गर्न विद्यार्थी उत्साहित

    धरान । कोरोना महामारीका कराण लामो समय बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । करिब ९ महिना बन्द रहेको विद्यालयहरु स्थानीयतहले अनुमति दिए सँगै सञ्चालनमा आएका हुन् । कोरोना महामारीको जोखिम जारी रहदै पनि स्थानीयतहले विद्यालय सञ्चालन गर्न अनुमति दिएको भन्दै अभिभावकहरुले आपत्ति जनाइरहेका छन् भने विद्यालय सञ्चालनका लागि स्थानीय सरकारको सहयोग पाउन नसिकरहेको संचालकहरुले गुनासो गरेका छन् । हिमालयन मेघा कलेजका ऐकेडेमि डाइरेक्टर अर्जुन घिमिरेले भने ‘विद्यालय सञ्चालन गर्नको लागि जुन किसिमको साथ सहयोग स्थानीय सरकार बाट पाउनु पर्ने हो हामीले त्यो पाइरहेका छैनौं ।’ शुल्क निर्धारणको वि

    • प्रकाशित मितिः पुस ५, २०७७
    • १,६११ पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • शहरमा भन्दा गाउँमा विद्यालय व्यवस्थित: ज्वरो–अक्सिजन जाँच, दुई सिफ्टमा कक्षा

    विराटनगर । बिहीबारबाट विराटनगरका विद्यालय खुलेपनि विद्यार्थीको संख्या न्यून छ । कोरोना त्रासका कारण धेरै अभिभावकले आफ्ना सन्तानलाई विद्यालय पठाएनन । सरकारी र निजी विद्यालय चैतदेखि बन्द थिए । विराटनगर महानगरपालिका शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार विद्यालयहरुमा विद्यार्थीको संख्या कम देखिएको छ । निर्देशिका बनाएर विराटनगर महानगरले विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यार्थी र अभिभावकमा त्रास रहेकोले पनि कोरोनाको हटस्पट मानिएको विराटनगरमा विद्यालय खोल्न अझै चुनौतीपूर्ण नै देखिन्छ । तर, मोरङका गाउँमा कम संक्रमण भएका कारण विद्यालय व्यवस्थित ढंगले एक महिना अघि नै संचालनमा आई सकेका छन

    • प्रकाशित मितिः पुस ३, २०७७
    • १,३१५ पटक पढिएको
    • "कुमार लुइँटेल"
  • एलएलबीको प्रवेश परीक्षा अझै अन्यौल

    धरान । एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिए पछि प्रवेश परिक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारी समेत गरे । ओडारीले इलामको माइ नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघि देखि कार्यरत छन् । यता एलएलबी अध्ययन पढ्न पाउने कि नपाउँने कुनै अत्तोपत्तो छैन् । क्याम्पसले अहिले सम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परिक्षाको कुनै मिति

    • प्रकाशित मितिः पुस १, २०७७
    • १,२१९ पटक पढिएको
    • "संजोगबाबु दाहाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved