विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण

  • माघ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : चिसो बढेसगै विद्यालयमा आउने विद्यार्थीहरुको संख्या घट्न थालेपछि विद्यालयद्वारा विद्यार्थीहरुलाई निःशुल्क न्यानो पोषाक वितरण गरिएको छ ।
धरान १६मा रहेको चन्द्र संस्कृत माध्यमिक विद्यालयले न्युन आयस्तर भएका कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई आफ्नै निजि स्रोत बार्ट पोशाक वितरण गरेको हो ।

बिहीबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी अभिभावकहरुको समेत उपस्थितिमा पोषाक वितरण गरिएको प्रअ अजय शाहीले बताए ।

प्रअ शाहीका अनुसार पुर्वान्चलमै पहिलो पटक कक्षा १ देखि कक्षा १२ सम्म संस्कृत विषय पठन पाठन हुदै आएको पहिलो विद्यालय भएकाले विद्यालयप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा अझ विद्यालयमा स्थानीयको लगाव बढोस् भन्ने उद्देश्यल विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण गरिएको हो ।

विद्यालयले ५० हजार रुपैया खर्च गरी अतिन्यून आय भएका विद्यार्थीलाई पोषाक दिइएको र यसले विद्यार्थीलाई निकै राहत भएको विद्यालयका सहायक प्रधानाध्यापक तारा राईले बताए ।

पोशाक वितरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन अध्यक्ष डा आनन्द प्रसाद आचार्यले विद्यालयमा स्थानीयको लगाव बढोस् भन्ने उद्देश्यले नयाँ नयाँ कार्यक्रम ल्याएको र भविष्यमा पनि यस्ता नयाँ कार्यक्रम ल्याइने समेत जानकारी दिएका थिए ।
विद्यालयप्रति अहिले समुदायको आकर्षण बढ्दै गएको र देशभित्रबाट मात्र नभएर देश बाहिरबाट पनि छात्रावासमा बसी अध्ययन गर्ने विद्यार्थीहरु आउने गरेको अध्यक्ष आचार्यले बताए ।

उनले छात्रावासमा बस्ने ठाउँ नभएर यस वर्ष कक्षा ११ मा पढ्ने विद्यार्थीलाई फिर्ता पठाउनु परेक भन्दै छात्रावासको क्षमतालाई थप बढाउनु पर्नेमा जोड दिएका थिए । विद्यालयले विद्यार्थीलाई आफ्नो आन्तरिक श्रोतको प्रयोग गरी प्रतिमहिना चार सय रुपैया छात्रवृत्तिका रुपमा पनि दिँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन शिक्षक सूर्यकुमार अधिकारीले गरेका थिए ।

२०२१ सालमा स्थापना भएको यस विद्यालयले संस्कृत विषयलाई विशेष महत्व दिएर आवासीय रुपमा पठनपाठन सन्चालन गर्दै आएको छ ।

chandra-sanskrit-2

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved