जनता माबि कान्चिराङ्गमा बन्ने ४ कोठे पक्की भवनको शिलन्यास

  • माघ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलका/  जनता माध्यमिक वद्यालय कान्चिराङ्गलेको ४ कोठे भवनको मंगलबार एक कार्यक्रममा बिच शिलन्यास भएको छ ।

बेलका नगरपालिका वडा नं ७मा रहेको विद्यालयको ४ कोठे आरसिसी भवनको नगर प्रमुखदुर्गा कुमार थापा र उपप्रमुखराजकुमारी चौधरिले संयुक्त रुपमाशिलन्यास गरेका हुन् ।

नगरपालिकाको शसर्त अनुदानतर्फको ३६ लाख र बिद्यालयको ७लाख गरिजम्मा ४३ लाखाको लागतमा भवन निमार्ण गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारुहाङ राईले विद्यालयमा विद्यार्थीहरुको संख्या धेरै भएकाले व्यवस्थापन गर्न कठिनाई परिरहेकाले नगरपालिका सग भवन निमार्णका लागि पहल गरिएको बताए ।

उनले गुणस्तरीय शिक्षाप्रदान गर्न प्रविधीमैत्री शिक्षाको बिकास गर्न साथै पुस्तकालय, शैक्षिक सामाग्री उपलब्ध गराउन सरोकारवाला संग छलफल र सहकार्य अगाडि बढाएको बताएका छन।

राईले बिज्ञान प्रयोगशाला , गरिब असहायको लागि अक्षयकोष स्थापना गरि नगरपालिकाकै नमुना बिद्यालयको रुपमा विकास गर्न सिंगो बिद्यालय टिम लागि पर्ने बताएका छन।

 भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रमुखअतिथी बेलकानगरपालिकानगर प्रमुखदुर्गा कुमार थापाले आजको बर्तमानयुगमा समाज, देशको बिकास र सम्मुनतबनाउनआजै बाट शिक्षामालगानी गर्नु पर्ने बताएका छन।

बिद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक , शिक्षक र बिद्यार्थी स्वयम् को भुमिकामहत्त्वपूर्ण हुने भएकाले सबैलाई त्यस तर्फ लाग्न मेयर थापाले आग्रह समेत गरेका थिए ।

कार्यक्रममाबोल्दै नगर उप प्रमुख राजकुमारी चौधरीलेनगर क्षेत्रकाविद्यालयलाई ब्यबस्थितबनाउनविद्यार्थीको सहजताको लागि झोला , छात्राहरुको लागि स्यानेटरी प्याड,अति बिपन्नलाई पोसाक ,खाजा लगायतका कार्यक्रम सन्चालन भइरहेको उप प्रमुख चौधरीले बताइन।

उनले अशिक्षाका कारण हुने बालबिबाह, बहु बिवाहा ,लागू औषधदुर्वेसनीलगायतका बिकृतीहरु न्यूनीकरण गर्न विद्यालयस्तर बाटै विशेष कक्षा सन्चालन गर्नु पर्नेमा जोड दिईन।

साथै सोहीअवसरमा विद्यलयले विद्यार्थीहरुलाई चिसो बाट जोगाउनअतिबिपन्नबिद्यार्थीलाई न्यानो कपडा सुइटर र टोपी बितरण गरिएको थियो भने कक्षा ११ मा अध्यन गर्न आउने नयाँ विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाई समेत गरिएको थियो ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved