शिक्षा

    Showing 131-140 of 1,880 items.
  • रजत जयन्तीका अवसरमा एम्स एकेडेमीद्धारा २५ छात्रवृत्ति

    धरान/  एम्स एकेडेमी धरानले कक्षा ११ मा विज्ञान संकायका लागि २५ भन्दा वढी छात्रवृत्ति घोषणा गरेको छ । एकेडेमीले २५ वर्ष पुरा गरेको (२५ औं रजत जयन्ती) का अवसरमा सो छात्रवृत्ति घोषणा गरेको हो । कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना मार्फत विभिन्न विधामा छात्रवृत्ति सहित नया कार्यक्रम संचालन गर्न लागेको हो । कलेजले नेपाल सरकारको नयाँ शैक्षिक नीति अनुरूप विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ। कलेजले सार्वजनिक गरेको शुल्क विवरणअनुसार कक्षा ११ विज्ञान संकायमा भर्ना शुल्क ६ हजार रुपैयाँ, वार्षिक शुल्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 856 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • व्यवहारिक शिक्षामा जोड दिँदै यूएन नवोदय कलेजले ल्यायो आकर्षक छात्रवृत्ति र विशेष सुविधाहरू

    धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था यूएन नवोदय कलेजले आगामी शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना खुला गर्दै विभिन्न रोजगारमुखी र व्यवहारिक कार्यक्रमहरू सार्वजनिक गरेको छ। कलेजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले कलेजले यस वर्षदेखि 'व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा' लाई थप प्रभावकारी बनाउन नयाँ योजनाहरू अघि सारेको जानकारी दिनुभयो। शिक्षाको गुणस्तरलाई मध्यनजर गर्दै कलेजले यस वर्षदेखि कक्षा ११ मा सीमित कोटा प्रणाली लागू गरेको छ, जसअन्तर्गत होटल म्यानेजमेन्टमा १४०, विज्ञान र कम्प्युटर विज्ञानमा ७०–७० तथा म्यानेजमेन्टमा ३५ जना विद्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 1,336 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लागुऔषधसहित दुई युवक पक्राउ, मोटरसाइकलबाट ४ हजार क्याप्सुलरट्याब्लेट बरामद

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सम्पाङ चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११:१० बजे अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको एनएस २०० सिसी मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो। प्रहरीका अनुसार हरिनगरा गाउँपालिका–६ निवासी २१ वर्षीय अंकज अन्सारीले चलाएको मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय अब्दुल वाहिद अन्सारीले बोकेको झोलाबाट ट्रामाडोल २ हजार क्याप्सुल र डेकोलिक २ हजार ट्याब्लेट गरी जम्मा ४ हजार पिस लागुऔषध फेला परेको थियो। दुवै जनालाई लागुऔषध र मोट

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • 1,231 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न

    विराटनगर/  मोरङको विराटनगरस्थित कान्तिपुर कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को प्रवेश परीक्षा सम्पन्न गरेको छ। एसईई को नतिजा सार्वजनिक भएलगत्तै भर्ना खुला गरेको कलेजले आइतबार प्रवेश परीक्षा लिएको हो। प्रवेश परीक्षामा विराटनगरका साथै छिमेकी जिल्लाहरू र मधेस प्रदेशका विभिन्न स्थानबाट उल्लेख्य संख्यामा विद्यार्थीहरू सहभागी भएका छन्। विद्यार्थीहरूको ठूलो संख्यामा भएको सहभागिताले कलेज परिवारमा थप उत्साह थपेको कलेजका प्रिन्सिपल भुवन नेपालले बताउनुभयो। प्रिन्सिपल नेपालका अनुसार कलेजले यस वर्ष कुल १ हजार २० जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य राखेको छ। जसमध्ये विज्ञान संकायतर्फ ३४०

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ७ वर्षदेखि अलपत्र लेदुवा पुल : बर्खामा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय र विद्यार्थी

    धरान/  धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता अनुसार सो पुल पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने हो । निर्माणको काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थी बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य छन् । पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबिच एक करोड २१ लाख ८६ हजार आठ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साउन ७ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । धरान उपमहानगरपालिका–५ का वडाध्

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदयद्वारा एसईई शतप्रतिशत उत्तीर्ण विद्यार्थीलाई सम्मान, युएन कलेजमा १००% छात्रवृत्ति

    धरान/ २०८२ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई धरान –१६ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था नवोदय विद्या मन्दिर इंग्लिश बोर्डिङ स्कूल ले एसईई (SEE) परीक्षामा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन सफल आफ्ना विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूलाई  सम्मान गर्दै भव्य कार्यक्रम सम्पन्न गरेको छ।  विद्यालयले सदाझै यस वर्ष पनि शतप्रतिशत (१०० प्रतिशत) नतिजा हासिल गरेपछि खुसीयालीस्वरूप विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। युएन कलेज र नवोदय विद्या मन्दिरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल डम्बर कुमार तुम्बापो, अध्यक्ष तथा म्यानेजिङ डाइरेक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 1,230 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा २८ सयभन्दा बढी उपभोक्ताले तिरेनन् खानेपानीको बिल

    धरान/ धरान खानेपानी व्यवस्थापन बोर्डले पुरानो बक्यौता उठाउन जरिवाना छुट योजना ल्याएर १ करोड ७५ लाख रुपैयाँभन्दा बढी महसुल असुल गरेको जनाएको छ। तर, अझै पनि ५ हजार ५ सय ५० उपभोक्ताले लामो समयदेखि महसुल नबुझाएको र २ करोडभन्दा बढी रकम उठ्न बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले पत्रकार सम्मेलनमार्फत वैशाख मसान्तसम्मको विवरण सार्वजनिक गर्दै ७ हजार ९४ बक्यौता ग्राहक मध्ये ४ हजार १ सय ७१ ग्राहकले जरिवाना छुट सुविधा लिएर १ करोड ७५ लाख २६ हजार ४ सय ९२ रुपैयाँ बुझाएको जानकारी दिए। बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअ

    • प्रकाशित मितिः जेठ २, २०८३
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इमानुअलमा मोनालिका परियार निर्वाचित

    धरान/धरान–१७ मा रहेको इमानुअल इङ्लिस स्कुलमा बिहीबार स्कुल क्याप्टेन, भाइस क्याप्टेन र हाउस क्याप्टेन छानिएका छन् ।  यी पदहरूका लागि भएको निर्वाचनबाट क्याप्टेनमा कक्षा १० की विद्यार्थी मोनालिका परियार विजयी भएकी हुन् । यस्तै, कक्षा ९ (क) की रक्षा राई भाइस क्याप्टेन भइन् भने हाउस क्याप्टेनका रूपमा रेड हाउसबाट रूसु बराइली, ब्ल्यू हाउसबाट सिजन खड्का, ह्वाइट हाउसबाट प्राश्ना शाक्य र एल्लो हाउसबाट सोफिया राई निर्वाचित भएका छन् । क्याप्टेनका लागि चारजना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । विजयी परियारका साथै कक्षा १० का दानियल राई, कक्षा ९ (क) की आशिका तामाङ र कक्षा ९ (ख) की सरिना म

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 1,490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विज्ञान प्रवर्द्धन कार्यक्रममा छनोट पब्लिक हाइस्कुल, कक्षा ११ मा १०० प्रतिशत छात्रवृत्ति

    धरान/ नेपाल सरकारको विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत सुनसरीबाट छनोट भएका दुई विद्यालयमध्ये पब्लिक हाइस्कुल परेको छ। यसअघि नमुना विद्यालयको पहिचान बनाइसकेको विद्यालयले अब विज्ञान शिक्षाको केन्द्रका रूपमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। सामुदायिक विद्यालयलाई गुणस्तरीय र आधुनिक शिक्षाको केन्द्र बनाउने लक्ष्यसहित विद्यालयले कक्षा ११ भर्नाका लागि विशेष योजना सार्वजनिक गरेको छ। विद्यालयले आगामी जेठ ६ गते प्रवेश परीक्षा सञ्चालन गर्ने र उत्कृष्ट विद्यार्थीलाई सय प्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा गरेको छ। शुक्रबार आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पत्रकारसँग अन्तरक्र

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 770 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ को युएन नवोदय कलेजमा जेठ ११ गते प्रवेश परीक्षा

    धरान/ सुनसरीकाे धरान–१६ अन्नपूर्ण लाइनमा अस्थित युएन नवोदय कलेजले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना खुला गर्दै जेठ ११ गते सोमबार बिहान १० बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ। धरानमा २०११ सालदेखि उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको कलेजले यस वर्ष विज्ञान, होटल व्यवस्थापन, व्यवस्थापन (वाणिज्य) र कम्प्युटर विज्ञान विषयमा अध्ययनको अवसर प्रदान गरिरहेको जनाएको छ। कलेजले विद्यार्थीका लागि छात्र तथा छात्रा छात्रावास, कलेज बस सेवा लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ। उत्कृष्ट नतिजा र व्यवस्थित शैक्षिक वातावरणका कारण युएन नवोदय कलेज पछिल्लो समय विद्

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 968 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved