उद्घोषणकला तालिम सम्पन्न, महिलाको उल्लेख्य सहभागिता

  • असार ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँच दिने “उद्घोषणकला तथा सञ्चार सीप विकास तालिम” शनिबार रामपुर बजारस्थित सिटी हलमा सम्पन्न भएको छ।

करिब ४० जना सहभागी रहेको तालिममा अधिकांश महिला सहभागी थिए। तालिमले सहभागीहरूको बोल्ने कला, सञ्चार क्षमता, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा अशोक कार्की ले तालिममा सहभागी सबैलाई बधाई दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो।

उहाँले यस्ता सीपमूलक तालिमले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा उमेश लामिछाने ले दलित समुदायको उल्लेख्य सहभागितासहित तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले समुदायको क्षमता विकास र सशक्तीकरणमा टेवा पुग्ने बताउनुभयो।

त्यसैगरी, वडा नं. ९ का वडा अध्यक्ष भरत घिमिरे ले तालिम फलदायी भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

समापन समारोहमा वडा अध्यक्ष घिमिरे, वडा सदस्य कल्पना विश्वकर्मा र सुबास बस्नेत, संयुक्त दलित उत्थान सङ्घ बेलकाका अध्यक्ष लामिछाने तथा वडा कार्यालय सचिव तेजबहादुर भुजेललगायतले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।

तालिमको सहजीकरण तिर्थ कार्की ले गर्नुभएको थियो। सहभागीहरू अन्जु कार्की, शान्ता अधिकारी र दीपा दियालीले तालिमले आफ्नो आत्मविश्वास बढाएको, सार्वजनिक रूपमा बोल्ने सीप विकास भएको तथा दैनिक जीवनमा उपयोगी ज्ञान प्राप्त भएको अनुभव साझा गरेका थिए।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved