बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ ।
आईतवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चतराधाम स्थित श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयको प्राङ्गनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१०) स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत तथा धार्मिक बिद्यालयका बिद्यार्थीहरु सहभागि भएको बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीले बताए ।
प्रतियोगितामा कोशी माध्यमिक बिद्यालय बाग्झोडाका छात्र आयुष बोगटी प्रथम हुन सफल भए ।
त्यस्तै सरस्वती माध्यमिक बिद्यालयका राजावासका छात्रा प्रनिसा आचार्य द्बितिय , श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक छात्र कृष्ण उपाध्यय तृतिय र पिल्पुस इङ्लिस स्कुल भरौलका छात्र शिशिर पौडेल सानत्वना हुन सफल भएका थिए ।
प्रथम हुने आयुषले नगद ४ हजार सहित प्रमाण पत्र र म्याडल प्राप्त गरेका थिए ।
त्यस्तै द्बितिय हुन सफल प्रनिसाले नगद ३ हजार सहित प्रमाण पत्र र म्याडल , तृतिय हुन सफल कृष्णले नगद २ हजार सहित प्रमाण पत्र र म्याडल र सान्वना हुन सफल शिशिरले नगद १ हजार सहित प्रमाण पत्र र म्याडल प्राप्त कार्यक्रमका व्यवस्थापक नगर शिक्षा समितिका सदस्य ज्ञान बहादुर
कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार कृष्ण बिनोद लम्साल रहेका थिए ।
बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाका प्रमुख उत्तमराज भारतीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर शिक्षा समितिका सदस्य ज्ञान बहादुर पाण्डे , आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्याक प्रल्लाद भट्टराई, श्री राधाकृष्ण संस्कृत वेद बिद्याश्रम गुरुकुलम माध्यमिक बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज पौडेल , प्रध्यानाध्यापक जमुना दाहाल लगायतले पुरस्कार बितरण गरेका थिए