धरान । कोरोना संक्रमणको न्युनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक भार बढ्दै गएको छ । अस्पतालको ओपिडि सेवा र चिकित्सा शिक्षा तर्फको भर्ना ठप्प हुँदा प्रतिष्ठानलाई आर्थिक संकट हुन थालेको छ । विगत ७ महिना देखिको लकडाउनमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा पुर्ण रुपमा ठप्प भए । दैनिक जसो ३५ सय बिरामीहरुले ओपिडि सेवा लिने गर्दथे । लकडाउनमा सेवानै बन्द हुँदा ८० प्रतिशत आयस्रोत घटेको छ । यता चिकित्सा शिक्षाको नयाँ भर्ना पनि हुन सकेन । प्रतिष्ठानको आयस्रोत पनि ठप्प भएकाले आर्थिक संकट बढ्दै गएको रजिष्टा
धरान / कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा गिह्रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार तोलाको ९४ हजार ५ सयमा कारोबार भइरहेको सुनको मुल्यमा २ सयले गिह्रावट भएर ९४ हजार ३ मा आएको हो ।त्यस्तै महासंघका अनुसार शुक्रबार तेजावी सुनक प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर रहदै तोलाको ११ सय ७५ मा कारोबार भइरहेकोे छ ।
इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्
विराटनगर । ४१ वर्षे इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेल ले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो । यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेल को सेवा र आयसमेत प्रभावित बन्न पुगेको छ । नमस्कार होटेल का संचालन युनेश श्रेष्ठले तत्काललाई होटेल ले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्का
धरान । मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने नबिल बैंकले योजना ल्याएको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने भएका छन् । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ । सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने भएको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रु
इलाम / इलाममा उत्पादन भएको किवि बेलै नभई बजारमा निस्किएको हुँदा समस्या हुने भन्दै तत्काल रोक्न कुर्षिज्ञान केन्द्रले निर्देशन दिएको छ । काँचो किवि बजारमा आएको कलिलै किवि बजारमा आउँनाले गुणस्तरीय नहुने भएकाले यस्तो कार्य नगर्न र तत्काल बन्दगर्न कृर्षि ज्ञान केन्द्रले सूचना निकाली निर्देशन दिएको हो । कृर्षि ज्ञान केन्द्र इलामका निमित्त कार्यलय प्रमुख टोनि बर्देवाका अनुसार कात्तिक महिनाको अन्त्यतिर मात्रै टिप्न उपयूक्त मानिने किवी अहिलेनैै बजारमा आउन थालेको छ । यतिबेलाको किविमा गुलियोपना नहुने भएकाले तत्काल बजारमा निकाल्न बन्दगर्नुपर्ने बताएका छन । जिल्लामा किवी खेती फस्टाएको र प्रतिब
विराटनगर । प्रदेश १ का मन्त्रालय तथा मातहत कार्यालयलाई ७० प्रतिशत मात्र खर्च अख्तियारी दिइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले ३० प्रतिशत खर्च तत्काललाई कटौती गर्न निर्देशन दिएको छ । छुट्याएका सबै कार्यक्रममा बजेट खुला गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा बजेट अपुग सक्ने निश्कर्ष निकाल्दै आर्थिक मामिला तया योजना मन्त्रालयले बजेट खर्चको अख्तियारी कटौती गर्ने निर्णय गरेको बताइएका छ । सोहीअनुसार मन्त्रालयलाई औपारिक रुपमा खर्च री घटाएर कार्यक्रमहरु पुनः प्राथमिकीकरण गरी आर्थिक मामिला मन्त्रालयमा पठाउन भनिएको छ । स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिंदै प्रदेश १ सरकारले चालू आर्थिक वर्ष
इलाम / इलामको सूर्योदय नगरपालिका र माईनगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैया खर्च भएको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार खर्च भएको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ ला
धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा
धरान । सरकारले गत जेठ ७ जारी भएको लिम्पियाधुरा, कालापानि , लिपुलेक सहितको नेपालको नयाँ नक्सा राखि एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छसोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार मन्त्रीपरिषदको निणर्य सार्वजनिक गर्दै नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएका बताएका छन् ।