सामाजिक विकास कार्यक्रमका लागी १२ वडामा एक करोड २३ लाख रुपैयाँ

  • असोज १५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो ।

नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ ।

वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र लक्षित वर्ग कार्यक्रममा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैया विनियोजन गरेको छ भने वडा नम्बर ५ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र खानेपानी मूहान संक्षणमा पाँच लाख रुपैयाँ गरी जम्मा १० लाख रुपैया बजेट विनियोजन गरेको छ । त्यसै गरी वडा नम्बर ६ मा शिक्षा तथा स्वास्थ्यको सामग्री खरिद वितरणमा पाँचलाख रुपैयाँ रहेको छ ।

वडा नम्बर ७ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, लक्षित समूह कार्यक्रममा पाँच लाख र माईस्थान मन्दिरमा रहेका परेवाको चारो खरिदमा पाँचलाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वडा नम्बर ८ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, सामुदायिक भवन निर्माणमा पाँच लाख रुपैयाँ र खुलाल गाउँ पौडेल धारा,बानिया धारा, रायाडाँडा खानेपानी मर्मत,देवी धारा मसार दौलेधारा, ऐटनधारा ढुङ्गेधारा खानेपानी मर्मत तथा पाईप वितरणमा पाँच लाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैया बजेट विनियोजन भएको छ । त्यस्तै वडा नम्बर ९ मा भगवति माविको जस्तापाता परिवर्तनमा पाँच लाख रुपैयाँ, महमाई आधारभूत विद्यालको टेवा पर्खाल र मर्मत सुधारमा तीन लाख रुपैया, शहरी स्वास्थ्य केन्द्र सञ्चालन र व्यवस्थापनमा दुईलाख रुपैयाँ र लक्षित वर्ग विकास कार्यक्रममा पाँच लाख रुपैयाँ गरी जम्मबा १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

वडा नम्बर १० मा महिलाहरुको सिप तथा क्षमता अभिवुद्घि गर्न अचार बनाउने तालिमका लागि एक लाख रुपैया,आदिवासी जनजाति विकास कार्यक्रम अन्र्तगत जातीगत कला संस्कृतिलाई प्रोत्साहनका लागि ७५ हजार रुपैयाँ,दलित वर्ग उत्थान विकास कार्यक्रममा ७५ हजार रुपैयाँ गरी जम्मा पाँच लाख रुपैयाँ रहेको छ ।

वडा नम्बर ११ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, जनजाति विकास कार्यक्रममा एक लाख रुपैयाँ, महिला विकास कार्यक्रममा ६० हजार रुपैयाँ,दलित समूदाय विकास कार्यक्रममा ४० हजार, युवा तथा खेलकुद विकासका लागि एक लाख रुपैयाँ ,ढुङ्गे धारा कात्तिके खानेपानि ट्याङ्की मर्मत सम्भारमा दुई लाख रुपैयाँ, स्याङमाई खोला मुहान खाल्डे खानेपानी मर्मतमा दुईलाख रुपैयाँ र अम्बके खानेपानी मर्मत संभारमा एक लाख रुपैयाँ गरी १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै वडा नम्बर १२ मा महिला सचेतना, स्वास्थ्य परिक्षण सहित सामाजिक विकास कार्यक्रम सञ्चालनमा एक लाख ६० हजार रुपैयाँ,आदिवासी जनजाती क्षमता विकास कार्यक्रममा एक लाख ६० हजार रुपैयाँ,दलित वर्गसिप विकास कार्यक्रममा ७० हजार रुपैयाँ,बालबालिका प्रतिभा विकास कार्यक्रममा ५० हजार रुपैयाँ,खेलकुद विकास कार्यक्रममा ६० हजार रुपैयाँ, अमर ज्योति आधारभूत विद्यालयको खानेपानी व्यवस्थापन र फर्निचर मर्मतमा ७५ हजार रुपैयाँ, देउराली आधारभूत विद्यालयको खानेपानी तथा शौचालय मर्मतमा ७५ हजार रुपैयाँ, साङरुम्बा स्वास्थ्य चौकी शौचालय मर्मतमा एक लाख रुपैयाँ र गाउँघर क्लिनिकका लागि दुईवटा टहरो निर्माणमा एक लाख ७५ हजार रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved