नबिलमा मोबाइलबाटै ऋण पाइने

  • असोज ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । मोबाईल बैंकिङको एप्स मार्फत घरमै बसेर बैकबाट ऋण पाईने नबिल बैंकले योजना ल्याएको छ ।

नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताले घरमै बसेर ऋण आवेदन गर्न र ऋण प्राप्त गर्न सक्ने भएका छन् । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ । सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने भएको छ ।

डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ । नबिल बैंक धरान शाखाका प्रबन्धक भरत थापाका अनुसार यसको लागि कुनै कागजी प्रक्रिया गर्नु नपर्ने तथा कुनैपनि धितो समेत आवश्यकता नपर्ने भएको ।

हाल १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जाल सञ्चालन गर्दै आएको नबिलको यो योजना नेपालमै पहिलो रहेको समेत थापाको दाबी छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved