काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ल०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । चालु तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ ६४ दशमलव ४ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात २३ दशमलव ९ प्रतिशत विनियोजन गरेको छ । यस्तै वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ७२ अर्ब ७० करोड ११ दशमलव ७ प्रतिशत विनियोजन गरेको छ । यस्तै खर्चको स्रोत तर्फ राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ । सरकारले विनियोजन
0धरानको १८ नं. वडा कार्यालयले भागवत धर्माशालाका २८ विरामी तथा कुरुवाहरुलाई राहत वितरण गरेको छ । वि.पी.अस्पतालमा किड्नीको डायलोसिस एवं उपचार गरिरहेको विरामी तथा विरामीका कुरुवाहरु लक डाउनका कारण अति नै समस्यामा परेका थिए । राहतमा १० केजी चामल, १ केजी नुन्, १ केजी दाल, १ लिटर तेल र १ केजी चना वितरण गरिएको थियो । सोमबार धरान १८ को वडा कार्यालयमा वडाध्यक्ष नरेन्द्र कुमार (प्रविण) राई, वडा सदस्य जमुना मोक्तान त्रिखत्री, दिनकुमारी राई, टंक गुरुङ्ग, जगदिप सुनुवार र कर्मचारी भक्ति राई लगायतले राहत वितरण गरेका थिए । स्थानीय समाजसेवी बुवा टेक बहादुर गुरुङ्ग, आमा प्रेम कुमारी गुरुङ्गले छोरा विक
धरान । मुस्लिम समुदायको धार्मिक पर्व ईदमा सामुहिक रुपमा मिठो खाएर, राम्रो लगाएर, मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणका कारण खुलेर पर्व मनाउन सकिएको छैन् । 'तथापि मुस्लिम समाजहरुले पर्वको अवसरमा कोरोना संक्रमणका कारण अस्पतालमा बसेका हुन् वा रोजगारी गुमेका कारण आर्थिक समस्यामा परेका हुन् उनीहरुलाई राहत स्वरुप खाद्यान्न तथा तबरुक रात वितरण गरिरहेको छ । यसै बिच धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बसेका २५ जना मुस्लिम युवाहरुलाई ईद–उल–फित्रको अवसरमा बिरयानी खुवाएको छ । धरान मुस्लिम समाजको अगुवाईमा उनीहरुलाई खाना खुवाएका हुन् । समाजका संयोजक
धरान । कारोना राहत कोषका लागि भनेर १८ नम्बर वडा कार्यालयलाई धरान १८ समाज हङकङले आर्थिक सहयोग गरेको छ । सहयोग रकम हङकङ वस्दै आइरहेका १८ न. वडावासि महाप्रसाद राई, दिनेश लिम्वु, रन्जन राई र निरज राईको सक्रियतामा संकलन गरि पठाएको नगद २ लाख ३१ हजार २ सय रुपैया शनिबार एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष प्रविण राईलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम समाजको धरान प्रतिनिधि दया राई र धु्रव राईले वडाध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए । आधिकारीक रुपमा संस्थाको स्थापना नभइसके पनि उनिहरुलाई जानकारी गराई धरान १८ समाज हङकङको व्यानरमा कार्यक्रमको आयोजना गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रम सँगै आधिकारिक
धरान । धरानमा मुस्लिम समुदायको शुरु गरेको राहत वितरण अभियान अन्र्तगत तेस्रो चरणमा ४० जनालाई राहत वितरण गरेको छ । धरान मुस्लिम समाजले शुक्रबार तेस्रो चरणको राहत अभियान अन्र्तगत ४० जना सिङ्गल टेलरिङ्ग मजदुरहरु सहित मुस्लिम समुदायका विपन्न परिवारलाई राहत प्रदान गरेको हो । सिङ्गल टेलरिङ मजदुरहरुलाई १३ सय मुल्य बराबरको राहत वितरण गरिएको छ भने १० घर मुस्लिम परिवारलाई १९ सय बराबरको राहत वितरण गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका मुस्लिम संगठन धरानका उपाध्यक्ष फिरोज अलीले बताए । अभियानका लागि मुस्लिम सेवा समितीका कार्यवाहक अध्यक्ष समिम सोहन, नेपाल जुट गारमेन्ट टेक्सटाई
धरान । कोरोनाको संक्रमित बढ्दै गए पछि आन्तरिक स्रोत र साधनले नभ्याउने भन्दै आवश्यक सहयोग तथा समन्वयका लागि धरान उपमहानगरपालिकाले प्रदेश सरकार सहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । धरान उपमहानगर क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य तथा संघीय संसदहरु मार्फत प्रदेश नम्बर १ का मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणबाट बच्न र बचाउदै आवश्यक सहयोगका लागि आग्रह गरेको हो । नगर प्रमुख तिलक राईले प्रदेश सभा सदस्य चन्द्र प्रसाद श्रेष्ठलाई आग्रह पत्र बुझाएका हुन् । पत्रमा कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक पर्याप्त स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी, स्वास्थ्
विराटनगर । विराटनगर महानगरपालिकाभित्रका बैंक तथा वित्तीय हरेक दिन संचालनमा ल्याइने भएको छ । हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म दिनको ४ घण्टा सेवा दिने गरी खोल्ने निर्णय भएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार लकडाउनका कारण पर्न जाने आर्थिक समस्यालाई मध्यनजर गर्दै विकल्पसहित आइतबारदेखि बैंक तथा वित्तीय क्षेत्रको व्यवस्थापन गर्न खोजिएको हो । उनले भने,‘‘बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसंग आज छलफल गरी दैनिक चार घण्टा खोल्ने निर्णय गरेका छौं ।’’ अहिले विराटनगरमा बिहान ११ बजेदेखि २ बजेसम्म जम्मा ३ घण्टामात्र बैंकले सेवा प्रवाह गर्दै आएका
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिक
धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए । संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम
धरानको कोरोना फुड बैंकमा धरान संखुवासभा सरोकार समाजले ३०० केजी चामल प्रदान गरेको छ । शनिबार सामाजका अध्यक्ष मिग्मा भोटेले धरान उपमहानगरपालिकाका उप प्रमूख मञ्जु भण्डारी सुवेदीलाई उक्त चामल हस्तान्तरण गरेको थियो । उप प्रमूख मञ्जु भण्डारीले समाजले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे र हाल धरानमा तेस्रो चरणको राहत वितरण भैरहेको जानकारी गराउदै लकडाउन बढ्दै जादा राहत पनि वितरण गर्दै जानुपर्ने भएकाले सवैलाई सहयोग गर्न अनुरोध गरे । हास्तान्तरण कार्यमा समाजकी संरक्षक सदस्य शिला वज्रचार्य, समाजका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । धरान संखुवा समाज सरोकार समाजले धरानमा रहेका संखुवासभा मुल थलो