स्थानीय भवन निर्माण व्यवसायी संघको समर्थन शिवराज श्रेष्ठलाई

  • असार १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नो पक्षमा जित सुनिश्चितताका लागि उम्मेदवारहरुको भेटघाट र दौडधूप तीव्र गतिमा अघि बढिरहेको छ ।

शुक्रबार गठबन्धनका तर्फका उम्मेदवार शिवराज श्रेष्ठले धरान ८ का व्यवसायीलाई घरदैलो कार्यक्रम मार्फत आफ्नो प्यानलमा मतदान गर्न आह्वान गरेका छन् । वडा नम्बर ८ र ९ का बजार क्षेत्रमा उम्मेदवार श्रेष्ठले मतदाता समक्ष पुगेर मतदान गर्न आग्रह गरे ।

शुक्रबार साझ नै स्थानीय भवन निर्माण व्यवसायी संघ सम्बद्ध व्यावसायीहरुसग उम्मेदवार श्रेष्ठले अन्तर्कृया गरे । भेटघाटमा एजेण्डा र नेतृत्वका हिसाबले पनि उम्मेदवार श्रेष्ठ सक्षम रहेको व्यावसायीहरुले धारणा राखे । स्थानीय भवन निर्माण व्यवसायी संघको समर्थन शिवराज श्रेष्ठलाई नै रहेको अन्तर्कृयमा व्यवसायी हरि कार्कीले भनाइ राखे ।290703171_552371946529145_4762902790073044237_n

उनीहरुले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय भवन निर्माण व्यवसायीको हितमा ध्यान दिन आग्रह गरे ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेको बताए ।

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सारेका छन् ।

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् । यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved