सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको बढ्दो सरगर्मी: झल्को आमनिर्वाचनको

  • असार १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी उद्योग वाणिज्य सघको निर्वाचन नकिजिदै जाँदा आफ्ना एजेण्डा बोकेर प्रत्यासीहरु घरदैलोमा व्यस्त रहेका छन् । असार २० गते निर्वाचनलाई आफ्नो पक्षमा पार्न उनीहरुले घोषणापत्रमा उल्लेख गरेका कुरालाई पूरा गर्ने प्रतिबद्धता जनाउदै मतादाता तान्न अभियानमा जुटेका हुन् ।

अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएका छन् । शिवराज श्रेष्ठले कोशी निर्माण सेवा फर्मको नाममा, विजय श्रेष्ठले एकता निर्माण सेवा र पवनकुमार अग्रवालले गर्ग इम्पेक्सको फर्मबाट उमेद्वारी दर्ता गराएका हुन् । शिवराज श्रेष्ठ र विजय श्रेष्ठले उद्योग, वाणिज्य र वस्तुगततर्फका सदस्यका प्यानलसहित प्रचारप्रसारमा जुटेका छन् भने पवन अग्रवालको भने कुनै प्यानल छैन । उनी एक्लै अध्यक्षको मैदानमा उत्रिएका छन् ।

शिवराजको प्यानलमा उद्योगतर्फ चन्द्रप्रसाद बज्गाई, भोला श्रेष्ठ, वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नविन राजभण्डारी, नविन लिम्बु, राजेश अग्रवाल, सीताराम आचार्य र महिलातर्फ ममता शाक्यले उमेद्वारी दिएकी छन् । यसैगरी वस्तुगतर्फ भने अनिल ताम्राकार र नारायण लिम्बुले उमेद्वारी दिएका छन् ।

यसैगरी विजय श्रेष्ठको तर्फबाट शनिवार पत्रकार सम्मेलन नै गरेर प्यानल घोषणा गरिएको छ । घोषणा गरिएको प्यानलमा उद्योगतर्फ पियुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बराल रहेका छन् भने वाणिज्यतर्फा किशन मास्के, जयप्रकाश शर्मा, विवेक अग्रवाल, मनोजकुमार अग्रवाल तोदी, रविकुमार राई, राजेश श्रेष्ठ, शैलेशकुमार आचार्य, शशी साह र महिलातर्फ बर्षा अग्रवाल ररहेका छन् भने वस्तुगत तर्फ नविनकुमार तामाङ र रामस्वरुप शर्माले उमेद्वारी दिएका छन् ।

निर्वाचन आउन तीन दिन बाँकी रहदा अहिले उमेद्वारहरुले ‘जिताउ अभियान’को सामाजिक सञ्जाल प्रयोग गरेर प्रचारप्रसारमा जुटेका छन् । आ आफ्नो एजेन्डा बोकेर निर्वाचनमा होमिएका छन् । सबैको साझा एजेन्डाको रुपमा भने व्यवसायिक प्रवद्र्धन, सुरक्षासँगै सुनसरी उद्योग वाणिज्य संघलाई उत्कृष्ट संघ बनाउने एजेन्डा बोकेका छन् ।

यो निर्वाचनलाई व्यापारी व्यवसायीहरुले महत्वका साथ हेरेका छन् । असल, नेतृत्व गर्न सक्ने, व्यवसायिक हक अधिकारसँगै व्यवसायिक सुरक्षामा प्रतिबद्ध हुने नेतृत्वको लागि मतदाताहरुबीच बहस हुन थालेको छ ।

तत्कालीन संघको प्रथम उपाध्यक्षबाट अध्यक्षका लागि प्रयासी दिनु भएका शिवराज श्रेष्ठले विगतमा समेत व्यापारी व्यवासीहरुको हितमा काम गरेकोले व्यवसायीले आफूलाई जिताउने दाबी गरेका छन् । उनी भन्छन्–‘व्यवसायिक हक अधिकारसंगै सुरक्षाको विषयलाई मैले प्रष्टसँग उठान गरेको छ, विजय भएमा म सुनसरी उद्योग वाणिज्य संघलाई उत्कृष्ट वाणिज्य संघ बनाउनेछु ।’

अर्का अध्यक्षका प्रत्यासी विजय श्रेष्ठ अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी भएका थिए उनी गिरिधारी सापकोटासँग थोरै मततान्तरले पराजय भोगेका थिए । एक कार्यकाल महासचिवको भूमिका निर्वाह गरेका उनले समेत पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन । उनी भन्छन्–‘मलाई व्यवसायीहरुले उठाएका हुन्, तपाई उठ्नुपर्छ, सुनसरी उद्योग वाणिज्य संघलाई माथि उठाउनुपर्छ भनेर नै उठाएका हुन्, त्यही भएर मेरो जित सुनिश्चित छ ।’

कुनै पार्टी र प्यानलमा नरही स्वतन्त्र रुपमा उमेद्वारी दिएका पवन अग्रवालले भने व्यवसायिक संघ संगठनमा राजनीति हावी हुन नहुने तर्क राख्छन् । उनले विगतमा समेत राजनीतिक हाबी बढेकै कारण व्यवसायिक हक हित र सुरक्षाको कुरा ओझेलमा परेकोले अब त्यसलाई मतदाताहरुले नदोहो¥याउने दाबी गरे । उनले भने–‘मेरो उमेद्वारी नै व्यवसायिक हक हितका लागि हो, मेरो अरु केही स्वार्थ छैन, यसपटक मतदाताले सोचेर बुझेर भोट हाल्ने भएकोले पनि मेरो जित सुनिश्चित छ भन्ने मलाई लागेको छ ।’

यस पटकको निर्वाचनमा निर्वाचनमा २ हजार ९ सय ७७ जनाले मतदान गर्ने भएका छन् । सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved