अर्थ

    Showing 181-190 of 1,054 items.
  • कोशी नदीको पानी ल्याउन धरानका लागि ४ करोड विनियोजन

    धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ। मेयर हर्क साम्पाङले लामो समयदेखि कोशीको पानी धरानमा ल्याउनका लागि पहल गर्दै आएका थिए। केही महिनाअघि उनी रित्तो गाग्री बोकेर काठमाडौँ पुगेका थिए र सिंहदरबारमा सम्बन्धित मन्त्री तथा अधिकारीहरूलाई भेटेर माग राखेका थिए। त्यतिबेलाको पहल र ध्यानाकर्षणपछि खानेपानी मन्त्रालयमार्फत बजेटको व्यवस्था गरिएको हो। सरकारले संघीय स्तरबाट कार्यान्वयन हुनेगरी सो रकम छुट्याएको छ। यसले धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ सकारात्मक संकेत देखिएको छ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 1,191 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी, श्रमिक उत्साहित

    धरान/ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत धरान उपमहानगरपालिकामा सञ्चालन भएका विविध आयोजनाहरु प्रभावकारी बन्दै गएका छन् । कार्यक्रममा सहभागी श्रमिकहरुले थोरै भएपनि रोजगारीको अवसर पाएको र काम सिक्ने अवसर समेत मिलेको प्रतिक्रिया दिएका छन् । नेपाल सरकारले २०७५ सालदेखि देशभरका ७५३ स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको थियो । धरानमा सो कार्यक्रमअन्तर्गत २०७५ मा वित्तीय सामग्री खरिद तथा व्यवस्थापन गरिएको र २०७६ सालदेखि श्रमिकहरुलाई पारिश्रमिकसहित काम दिन थालिएको हो । २०७९ सालमा धरान उपमहानगरपालिकाले उक्त कार्यक्रमलाई रोजगार सेवा केन्द्रको रूपमा स्थापना गरेको थियो । त्यसलाई

    • प्रकाशित मितिः असार ४, २०८२
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोरियाबाट फर्केर लाखौँ आम्दानीको खुर्सानी खेती

    भोजपुर/  वैदेशिक रोजगारी छाडेर भोजपुरका रेवतीरमण थापाले आफ्नै गाउँमा लाखौँ आम्दानी गर्ने अकबरे खुर्सानी खेती सुरु गरेका छन् । रामप्रसाद राई गाउँपालिका–८ का थापाले करिब १० वर्ष दक्षिण कोरियामा श्रमिकको रूपमा बिताएपछि व्यावसायिक कृषिमा होमिएका हुन् । कोरियामा रहँदा सिकेको कृषि प्रविधि र सीप प्रयोग गर्दै उनले अहिले भोजपुर नगरपालिका–१२ टक्सारमा ४० रोपनी जमिन भाडामा लिएर १० हजार अकबरे खुर्सानीका बिरुवा लगाएका छन् । “कोरियामा राम्रो कमाइ भए पनि आफ्नै गाउँमा उदाहरणीय बन्ने लक्ष्यले फर्किएको हुँ,” थापाले भने, “खुर्सानी खेतीबाट वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म

    • प्रकाशित मितिः असार ४, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको श्रीलंका टप्पुमा ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

     सुनसरी/ वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पु क्षेत्रमा रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा आधुनिक कृषि उपकरणहरू वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र विकास कार्यक्रम र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत ४३ थान विद्युतिय मोटर, ६० बन्डल (२५ केजी) डेलिभरी पाइप तथा १५५ थान त्रिपाल वितरण गरिएको नगरपालिकाका कृषि विकास शाखा प्रमुख तुलसा लिम्बुले जानकारी दिइन्। उनका अनुसार, कृषकहरूले विद्युतिय मोटर किन्न ९ हजार ९९५ रुपैयाँ, डेलिभरी पाइप प्रतिकेजी १३५ रुपैयाँ र त्रिपाल प्रति थान १ हजार ७५० रुपैयाँ अन

    • प्रकाशित मितिः असार ४, २०८२
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तरहराको जंगलमा आलु र बन्दकोभीको बोरा भित्र २ क्वीन्टल गाँजा

    विराटनगर । सुनसरीको इटहरीबाट तरकारी लोड गरिएको ट्रकमा ठूलो परिमाणमा लागुऔषध गाँजा फेला परेको छ । कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० तरहरा जंगलनजिकैबाट २ क्वीन्ट भन्दा बढी गाँजा बरामद भएको हो ।लागुऔषध गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको मिनी ट्रकलाई मंगलबार बिहानका राति १ः३० बजेतिर नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रकभित्र ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु लोड गरिएको थियो ।बन्दकोपी र आलुको बोराले छोपेर राखिएको अवस्थामा ट्रकभित्र ७० बोरा गाँजा फेला परेको सुन

    • प्रकाशित मितिः असार ३, २०८२
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा श्रमदानको नाममा किर्ते हस्ताक्षरले उपमहानगर तनाबग्रस्त

    धरान/ धरान उपमहानर पालिकाका मेयर उप मेयरको विवादले झनै उग्र रुप लिन थालेको छ । मेयर हर्कराज राई साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूका कारण धरान सोमबारदेखि तनाग्रस्त भएको हो । श्रमदानको नाममा उपमहानगरबाट श्रम गर्नेलाई भुक्तानी गर्र्ने विषयमा मेयर र उप मेयरवीच विवाद बढ्दै गएको छ । मंगलरबार पनि दुई समुहवीचको हुल हुज्जतले गर्दा दिनभर नै तनाब ग्रस्त बन्यो भने उपमहानगरको कामकाज प्रभावित भयो ।बिहान मेयरका समर्थकले उपमेयरको कार्यकक्षमा फेरी घेराउ गर्न पुगे । उप मेयरलाई डोजर, स्काभेटर र टिपरको चाबी माग गर्दै चर्को नाराबाजीमा उत्रिएपछि उप मेयरका समर्थकहरु पनि उप महानगरमा पुगेपछि अवस्थ

    • प्रकाशित मितिः असार ३, २०८२
    • 1,399 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शीलाको उहिलेको माया रसिलो (भिडियो सहित)

    धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया बोलको गीत सार्वजनिक भएको छ । युवा संगीतकार तथा गीतकार अनिल कायु राई र शिला राईको स्वरमा उक्त लोकभाकामा आधारित गीत युट्यूब च्यालन मार्फत सार्वजनिक भएको हो । उक्त गीत सार्वजनिक भएको ७२ घण्टा नपुग्दै एक लाख बढी  बढीले युट्यूब च्यालन मार्फत हेरेर दर्शक तथा श्रोताले मन पराई प्रतिक्रिया दिएका छन् । नेपाली सांगतिक आकासमा फरक स्वरकी भनी राईले भनिन्,उहिले उमेर छँदा लाएको माया र प्रेम झल्काउने गीत हो,सवैको आ आफ्नै माया प्रेमको कथा कहानी हुन्छ,जस्ले गर्दा त्यहीँ उहिलेको मायाको झल्को गीतले दिलाउँछ,त्यही माया सम्झेर अहिले साह्रै रसिलो लाग्छ नी ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 628 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तस्करीको प्रयास असफल: इलाममा ३२ लाखभन्दा बढीको धातु बरामद

    इलाम/भारततर्फ तस्करी गर्न लागिएको झण्डै ३२ लाख रुपैयाँभन्दा बढीको चाँदी र सुनजस्तो देखिने पहेँलो धातु इलामको पशुपतिनगरमा सशस्त्र प्रहरीले बरामद गरेको छ। आइतबार राति करिब १२ः३० बजे सूर्योदय नगरपालिका–२ स्थित चारमाईल क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले दुई भारतीय नागरिकको झोलामा शङ्कास्पद वस्तु देखेपछि चेकजाँच गर्दा धातु फेला परेको हो। सशस्त्र प्रहरी बल, पशुपतिनगरका अनुसार भारतको हिमाचल प्रदेश, कुल्लु परगनुका २८ वर्षीय अभिनाश बोध र ३५ वर्षीय रवि कुमार तस्करीको प्रयासमा संलग्न थिए। उनीहरूको साथबाट १७ हजार ४ सय ग्राम चाँदी र पहेँलो धातुका गरगहना बरामद गरिएको हो। बरामद गरिएको धा

    • प्रकाशित मितिः असार २, २०८२
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान दोषी, ६ महिना कैद र १ लाख क्षतिपूर्ति तिर्नुपर्ने

    जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि जबरजस्ती करणी)को मुद्दामा श्रीमान दोषी ठहरिएका छन्। जिल्ला अदालत धनुषाका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने फैसला सुनाएको हो। वैवाहिक बलात्कारको आरोपमा २०७९ चैत २१ गते श्रीमतीले धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। त्यसपछि २०८० साउन २१ गते पहिलोपटक मुद्दाको पेशी बसेको थियो। सोही दिन अदालतले धरौटी माग्ने आदेश दिएको थियो। कुल ३६ वटा पेशी चल्दै गएपछि अन्ततः जेठ १३ गते दोष पुष्टि भएको ठहर गर्दै सजाय निर्धारणका लागि प्रक्रियागत अगाडि बढाइएको थियो। त्यसअनु

    • प्रकाशित मितिः असार १, २०८२
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मैवाखोलामा श्रमदानबाट काठेपुल निर्माण

    ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला–४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिए । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर (मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्र

    • प्रकाशित मितिः असार १, २०८२
    • 590 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved