अर्थ

    Showing 121-130 of 1,064 items.
  • पहिरोले भोटखोलाको कोशी राजमार्ग तीन दिनदेखि सडक अवरुद्ध

    संखुवासभा । कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ । ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सकिने अवस्था छैन । भिरालो भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले भने । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स सम्पन्न

    इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.० तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको छ। यो महोत्सव केवल प्रतिस्पर्धा मात्र नभई सहभागी विद्यार्थीहरूका लागि एक परिवर्तनकारी अनुभव बनेको आयोजकले जनाएका छन्। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स&rsqu

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सबै सब्जी बजार अब बिहान ५ बजेबाट मात्र खुल्ने(भिडियो सहित)

    धरान/  धरान उपमहानगरपालिकाले कृषि थोक बजार र अन्य सबै सब्जी बजारको सञ्चालन समय एकरूप पार्दै बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय गरेको छ। यो निर्णय बिषादी परीक्षणलाई प्रभावकारी बनाउने र थोक–खुद्रा बजारको व्यवस्थित सञ्चालन सुनिश्चित गर्न गरिएको हो। भिडियो : नेपाल सरकारले तरकारीमा बिषादी परीक्षण अनिवार्य गरेपछि किसान र व्यापारीहरुले डरले थोक बजार छलेर सिधै खुद्रा बजार तथा इटहरी, इनरुवा र विराटनगरतर्फ तरकारी पठाउन थालेका छन्। गत पटक २४ सय किलो काउली र १९ किलो रायोको साग बिषादीयुक्त भेटिएर नष्ट भएको थियो, जसले थोक बजारमा तरकारी आपूर्ति घटाएको छ। बजारका व्यवस्थापक लक्ष्मण भट्टरा

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 1,436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बजेट विवादः कर्मचारी तलब र योजनाको भुक्तानीसमेत रोकियो

    धरान/  एक महिनादेखि बजेट पारित नहुँदा धरान उपमहानगरपालिका बजेट संकटमा परेको छ। नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आवको बजेट असार १० भित्र पारित गर्नुपर्ने व्यवस्था भए पनि यसपटक सो पालना नभएपछि विकास निर्माण, कर्मचारी तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार रोकिएका छन्। गत वैशाख ३० गते उपप्रमुख बेघाको नेतृत्वमा सम्पन्न राजस्व परामर्श समितिले करिब रु. १ अर्ब ६० करोड १५ ला

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 897 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा ‘पिचफेस्ट’ हुँदैः कोठाबाट सुरु भएको योजना अब मञ्चमा पुर्‍याउन सकिने

    इटहरी/ कोशी प्रदेशमा रहेका नव–उद्यमी र व्यावसायिक सोच बोकेका युवाका लागि ‘पिचफेस्ट १.०’ नामक स्टार्टअप तथा प्रोटोटाइप पिचिङ प्रतियोगिता हुने भएको छ । नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशले आयोजना गर्न लागेको यो प्रतियोगिताले प्रदेशभित्र उद्यमशीलतालाई थप सहज र प्रेरणादायी बनाउने उद्देश्य लिएको छ । मञ्चका प्रदेश अध्यक्ष सुशान प्रधानका अनुसार, पिचफेस्ट विशेषगरी आफ्नै व्यवसायलाई नयाँ उचाइमा पु-याउन चाहने तथा व्यावहारिक प्रोटोटाइपसहितको स्टार्टअपमा लागेका व्यक्तिहरूका लागि महत्त्वपूर्ण अवसर हुनेछ । उनले भने, ‘यो कार्यक्रम केवल प्रतिस्पर्धा मात्र होइन, उद्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोल्साको सुनको भाउ सात वर्ष यताकै उच्च

    झापा/ खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । “यो निकै राम्रो भाउ हो,” उनले भने, “गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजारसम्ममा भएको थियो ।” अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य रु एक लाख पाँच हजारसम्म पुगेको थियो । सोही सालको मङ्

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी डेभलपमेन्ट वैंकको मुनाफा १० करोड ९४ लाख

    धरान । कोशी प्रदेशको मोरंग जिल्ला स्थित विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि.ले आर्थिक बर्ष . २०८१÷०८२ मा . १० करोड ९४ लाख मुनाफा गर्न सफल भएको छ । बैंकका सामान्य सेवा विभाग प्रमुख बावुराम सुवेदीले बैंकले खुद मुनाफा तर्फ गत वर्षको . २ करोड २५ लाखमा २४० प्रतिशतको बृद्घि सहित . ७ करोड ६६ लाख आर्जन गर्न सफल भएको बताए । खुद मुनाफाका हिसावले बैंकको प्रति शेउर आम्दानी .९.१८ रुपैयाँ कायम हुन आएको छ । बैंकले आ.व. २०८१÷८२ कालागि प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आषाढ,२०८१ मा रहेको ७ करोड ९ लाखको निक्षेपमा ६.९१ प्रतिशतले वृद्घि भई ७ करोड ५८ लाख पुगेको विभाग प्रमुख सुवेद

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 1,059 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी डेभलपमेन्ट वैंकको मुनाफा १० करोड ९४ लाख

    धरान । कोशी प्रदेशको मोरंग जिल्ला स्थित विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि.ले आर्थिक बर्ष . २०८१/०८२ मा . १० करोड ९४ लाख मुनाफा गर्न सफल भएको छ । बैंकका सामान्य सेवा विभाग प्रमुख बावुराम सुवेदीले बैंकले खुद मुनाफा तर्फ गत वर्षको २ करोड २५ लाखमा २४० प्रतिशतको बृद्घि सहित ७ करोड ६६ लाख आर्जन गर्न सफल भएको बताए । खुद मुनाफाका हिसावले बैंकको प्रति शेयर आम्दानी ९.१८ रुपैयाँ कायम हुन आएको छ । बैंकले आ.व. २०८१/८२ का लागि प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आषाढ,२०८१ मा रहेको ७ अर्ब ९ करोडको निक्षेपमा ६.९१ प्रतिशतले वृद्घि भई ७ अर्ब ५८ करोड  पुगेको विभाग प्रमुख सुवेदीले बताए

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • 631 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशको पहिलो राजस्व कार्यालय उद्घाटन, इटहरीमा सञ्चालन सुरु

    विराटनगर/ कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको शुभारम्भ गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व संकलनमा चुनौती खेपिरहेको भन्दै यो कार्यालयले त्यसलाई सहज बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।उनले भने, “जनतामा करको बोझ नपर्ने गरी राजस्व स्रोतको पहिचान गरी संकलन गर्ने हाम्रो उद्देश्य हो । यो कार्यालय त्यसमा टेवा पुग्नेछ ।” प्रदेश सरकारहरू मध्ये पहिलोपट

    • प्रकाशित मितिः भदौ २, २०८२
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी उद्योग वाणिज्य सङ्घमा नयाँ महासचिव र कोषाध्यक्ष नियुक्त, बाँकी पदाधिकारी भदौमा

    धरान/ नवनिर्वाचित सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले महासचिवमा प्रभाव खतिवडा र कोषाध्यक्षमा शैलेश कुमार आचार्यलाई मनोनीत गरेका छन्। पहिलो बैठकमै दुई पदाधिकारी मात्र तोकिँदा बाँकी पदाधिकारी भने विधान संशोधनपछि भदौको पहिलो सातामा टुंगो लाग्ने भएको छ। विधान अनुसार बिहीबार बसेको पहिलो बैठकले नवनिर्वाचित सदस्यहरू मध्येकै दुई पदाधिकारी मात्र मनोनयन गरेको हो। बाँकी पदाधिकारी भने विशेष साधारण सभा बोलाएर विधान संशोधनपछि नियुक्त गर्ने निर्णय भएको छ। निवर्तमान महासचिव तथा नवनिर्वाचित सदस्य महेन्द्र प्रधानका अनुसार विधान संशोधनसँगै कार्यसमितिमा पदाधिकारी संख्या बढ्ने सम्भावना छ। त

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved