यामाहाको नयाँ भेरियन्ट मोटरसाइकल सार्वजनिक

  • भदौ २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वुधबारदेखि यमाहा कम्पनीले मोटरसाइकलका पारखीहरुलाई ध्यानमा राखेर नेपालमा यामाहाले दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको नयाँ सुविधायुक्त दुई वटा मोटरसाइकल धरान ८ स्थित यामाहाको आधिकारिक विक्रेता विजयपुर ट्रेडर्सले बुधबार सार्वजनिक गरेको हो ।सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्स धरानका संचालक प्रभाव खतिवडाले यमाहाका दुई नयाँ मोटरसाइकल एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले भदौ ३ गते सार्वजनिक गरेको अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट धरानको विजयपुर ट्रेडर्सले समेत सार्वजनिक गरेको हो ।

अब नेपालमा एमटी–१५ भी २ आइसीई स्ट्रोम र भीभीएम भेरियन्ट दुवै भेरियन्टमा उपलब्ध भएको छ । एफजेड एस भी ३ डीएलएक्स भने आइसीई फ्लिओ भर्मिलेन भेरियन्टमा मात्र उपलब्ध रहेकोे छ ।

विजयपुर ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले नयाँ भेरियन्टहरूले यामाहाको विश्वव्यापी डिजाइनको पहिचान दिने र राइडरहरूलाई नयाँ ट्रेन्ड सेट गर्ने विकल्प दिएको बताए ।

उनले यामाहाले यी दुई नयाँ मोटरसाइकलले मोटरसाइकल पारखीलाई चलाउन सहज हुनेमात्र हैन र किफायतिसमेत हुने बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved