अर्थ

    Showing १,०८१-१,०८८ of १,०८८ items.
  • राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्धारा राहत वितरण

    विश्वव्यापी रुपमा फैलिएको कोरोनाा (काभिड–१९) नेपालमा पनि संक्रमण भएपछि नेपाल सरकारले गरेको लकडाउनको अवधीमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाइ नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरी शाखा धरानले धरान २ स्थित रत्नरोडमा राहत सामाग्री वितरण गरेको छ ।धरान कार्यक्षेत्र वनाएर सुनचाँदीका गरगहना वनाउने ४० जना र राहत वितरण हुँदैछ भन्ने थाहा पाएर आएउका अन्य १० जना गरि जम्मा ५० जनालाई राहत सामाग्री वितरण गरेको हा । कोराना भाइरस ( कोभिड–१९ं) को कारण विगत १ महिना १० दिनदेखी सरकारले लकडाउन गरेको समयमा दैनिक काम गरेर गुजारा चलाउने सुनचाँदी कालिगढहरुलाई जिविकोपार्जनको लाग

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • ८४४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्पेसका ग्राहकले अब इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने

    धरान । लकडाउनको समयमा सम्पुर्ण सेवा बन्द भएका अवश्थामा धरान स्पेस टाइम नेटवर्कले ग्राहकशुल्क भुक्तानीका लागि ईसेवा मार्फत व्यवस्था गरिदिएको छ । क्लियर टेलिभिजन जडान गरेका ग्राहकहरुले इसेवा मार्फत शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । धरानमा सेवा दिइरहेको धरान स्पेश टाइमले अहिले लकडाउनको समयमा डिजिटल भुक्तानी गर्ने क्रम बढिरहेका बेला आफ्ना ग्राहकले पनि सहज ढंगले शुल्क भुक्तान गर्न सकुन् भन्ने उद्देश्यले इसेवा सँगको सहकार्यमा अनलाइन भुक्तानी सेवा दिएको धरान स्पेस टाइम नेटवर्कका प्रबन्धक बिदुर बिक्रम पन्तले बताए  । ग्राहकले अबदेखि इसेवा मार्फत सहजै शुल्क भुक्तानी गर्न सक्नेछन् । इसेवा एकाउ

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • २,१९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा तरकारी जस्तै खाद्यान्नको पनि पसल खुल्ला गरिने

    धरानमा तरकारीजन्य वस्तुलाइ सहज विक्रि वितरणका लागि शनिबार देखि विहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक वस्तको पसल खोलिने भएको छ । धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ र धरानको २० वटै वडाका वडासदस्यहरुको सहभागितामा धरान उपमहानगरपालिकामा बुधबार बसेको बैठकले धरानमा तरकारीजन्य बस्तुलाई जसरी सहज तरिकाले विक्रि वितरण गरिँदै आएको छ त्यसै गरी खाद्यान्नलाई पनि व्यवस्थित तरिकाले बिक्री वितरण गर्नका लागि पसल खोलिने निर्णय गरिएको हो । वडा कार्यालयहरूले खाद्यान्नका पसलहरूलाई सिफारिस दिने र सुनसरी उद्योग वाणिज्य संघले समन्वय गरेर मुल्यसुची सहित पसल खोल्न दिईने निर्णय भएको छ । पसल खोल्दा सामाजिक द

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • १,४०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

    कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विरामीका लागि आयुर्वेद औषधि व्यवसायी संघ नेपालले प्रदेश सरकारलाई औषधि हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिस गरेका चार प्रकारका औषधि व्यवसायी संघले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको हो । व्यवसायी संघले ५ सय ग्रामको च्यवनप्रास ६२ ओटा, १ सय ग्रामको अश्वगन्धा चुर्ण ६२ ओटा, ६० क्याप गिलोय प्लस ३१ ओटा र १ सय ग्रामको तुलसी चिया ३१ प्याकेज मन्त्री घिमिरेलाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकारलाई हस्तान्तरण गरिएको आयुर्वेद औषधि ४४ हजार ६ सय ४० रुपैयाँको रहे

    • प्रकाशित मितिः वैशाख १९, २०७७
    • ७१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • ७३५ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • भारतबाट ल्याइएका तरकारी साइकलमा ल्याउँदै व्यापारी, गाउँ प्रवेश गराउन दिएनन् स्थानीयले

    समुहगत रुपमा साइकलमा तरकारी ब्यापारी गाउँ छिरे पछि वराहक्षेत्र ४ दुब्याहीका स्थानीयले रोक लगाएका छन् ।   इनरुवा , डुम्राहा , ढोक लगायतका स्थानबाट लामबद्ध भै साइकलमा ब्यापारीहरु आए पछि स्थानीयहरुले सल्लाह गरेर गाउँ प्रवेशमा रोक लगाएको दुब्याही निवासी राधे सिंह दनुवारले बताए ।   ९ वटा साइकल र १ मोटरसाइकलमा ब्यापारी गाउँ पसे पछि स्थानीय प्रशासनलाई समेत खबर गरिएको थियो । जथाभावी टोल - टोलमा सब्जी ब्यापार गरि हिड्ने ब्यापारीलाई स्थानीय प्रहरीले समेत यसरी नडुल्न सचेत गराइ फर्काएको थियो ।   " तरकारी दैनिक उपभोग्य बस्तु हो यो सबैलाई आवाश्यक छ । तर कसैले बिक्रि गर्छ भने विश्व स्वास

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • २,०६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक क्षेत्रका महामारी निर्मित चुनौतीहरु

      अर्थतन्त्र बलियो नहुदा कुनैपनि राष्ट्रको राष्ट्रिय सम्मानमा अभिवृधि हुन् सक्दैन I कमजोर अर्थतन्त्र भएको राष्ट्र परावलंबी, पराश्रित र राजनीतिक हस्तक्षेपको पिडा सहन बाध्य हुन्छ I कमजोर अर्थतन्त्र भएको राष्ट्र नाममात्रकोलागि  सार्वभौम सम्पन्न हुन्छन I राष्ट्र कमजोर हुदा जनताको मनोबलमा समेत असर पर्ने गर्दछ I   बलियो राष्ट्रको जनताको मनोबल उच्च हुन्छ I विगत तिन वर्ष देखि नेपालको आर्थिक वृद्धिको दर सकारात्मक हुदै गएको थियो र महत्वाकांक्षी योजनाहरु अगाढी राखिएको थियो, तर नेपालको अर्थतन्त्र विश्वव्यापी महामारीको आघातलाई सहन सक्ने खालको नभएको हुदा हाललाई आर्थिक वृद्धि दर समेतमा नकार

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • १,११६ पटक पढिएको
    • "- योगेश्वर  रोमखामी मगर "
  • तरकारी कुहिन थालेपछि वराहक्षेत्रस्थित ढोलबजियाका कृषक निराश

    वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरु बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोबिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ बाट बन्दाबन्दी भएपछि बारीमा फलेको तरकारी बजार जान छाडेको हो । वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिएको देखिन्छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् बिक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी ८ लाख सम्मको घाटा ब्यहोर्दै छौं ।’ फर्मका सञ्चालक अमिर निरौला

    • प्रकाशित मितिः वैशाख १७, २०७७
    • १,०१३ पटक पढिएको
    • "अच्युत भट्टराई"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved