भारतबाट ल्याइएका तरकारी साइकलमा ल्याउँदै व्यापारी, गाउँ प्रवेश गराउन दिएनन् स्थानीयले
- वैशाख १८, २०७७
- "कोशीपत्र/संवाददाता"
समुहगत रुपमा साइकलमा तरकारी ब्यापारी गाउँ छिरे पछि वराहक्षेत्र ४ दुब्याहीका स्थानीयले रोक लगाएका छन् ।
इनरुवा , डुम्राहा , ढोक लगायतका स्थानबाट लामबद्ध भै साइकलमा ब्यापारीहरु आए पछि स्थानीयहरुले सल्लाह गरेर गाउँ प्रवेशमा रोक लगाएको दुब्याही निवासी राधे सिंह दनुवारले बताए ।
९ वटा साइकल र १ मोटरसाइकलमा ब्यापारी गाउँ पसे पछि स्थानीय प्रशासनलाई समेत खबर गरिएको थियो । जथाभावी टोल - टोलमा सब्जी ब्यापार गरि हिड्ने ब्यापारीलाई स्थानीय प्रहरीले समेत यसरी नडुल्न सचेत गराइ फर्काएको थियो ।
" तरकारी दैनिक उपभोग्य बस्तु हो यो सबैलाई आवाश्यक छ । तर कसैले बिक्रि गर्छ भने विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भिडभाड नगराइ निश्चित दुरि कायम गरेर कुनै एक स्थानबाट बिक्री गर्नु पर्दछ ।" कालाबन्जर चौकिका असइ बिनोद दहालले भने ।
ढोकका ब्यापारी नारायण मेहेता भन्छन् " हाम्रो घरकै तरकारी हो । हामीले बारीको तरकारी पनि बेच्न नपाए के गरि खाने ? "
यता गाउँलेहरु भन्छन् " इनरुवा , भोक्राहा , डुम्राहा पट्टी इन्डिया बाट आवतजावत चलिरहेको सुनिएको छ । त्यताका मानिसहरुमा साबधानी कम छ । त्यसैले अब हामी उनिहरुलाइ यता आउन दिदैनौ । "