राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्धारा राहत वितरण

  • वैशाख २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विश्वव्यापी रुपमा फैलिएको कोरोनाा (काभिड–१९) नेपालमा पनि संक्रमण भएपछि नेपाल सरकारले गरेको लकडाउनको अवधीमा समस्यामा परेका ५० जना अति विपन्न सुनचाँदीका मजदुरहरुलाइ नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरी शाखा धरानले धरान २ स्थित रत्नरोडमा राहत सामाग्री वितरण गरेको छ ।
धरान कार्यक्षेत्र वनाएर सुनचाँदीका गरगहना वनाउने ४० जना र राहत वितरण हुँदैछ भन्ने थाहा पाएर आएउका अन्य १० जना गरि जम्मा ५० जनालाई राहत सामाग्री वितरण गरेको हा ।
कोराना भाइरस ( कोभिड–१९ं) को कारण विगत १ महिना १० दिनदेखी सरकारले लकडाउन गरेको समयमा दैनिक काम गरेर गुजारा चलाउने सुनचाँदी कालिगढहरुलाई जिविकोपार्जनको लागी समस्या पर्न थालेपछि व्यवसायी मञ्चले ५०० के जि चामल, आलु , दाल, तेल,नुन, आलु र चाउ चाउ गरेर जम्मा ४२ हजार वरावरको राहत सामाग्री वितरण गरेको हो । राहत सामाग्री वितरण धरान उपमहानगरपालीका वडा नं.२ की जनप्रतिनिधि (सदस्य) बुना विश्वकर्माको उपस्थितिमा भएको हो । संस्थाका अध्यक्ष वाल कुमार शंकरले राहत सामाग्री वितरण गर्दै भने हामीले हाम्रो सस्थाका ४० जना कालिगढहरुलाई यो लकडाउनको समयमा समस्या नहास भन्ने उदेश्यले राहत सामाग्री वितरिण गरिएको वताएका छन ।

95365425_557687325152138_6482577852783919104_n copy

 

 

त्यस्तै गरेर संस्थाका महासचिव प्रकाश वराइलीले सुनचाँदी पेसा तथा व्यवसायमा काम गर्ने मजदुरहरु सबैभन्दा राम्रो कमाइ हुन्छ भन्ने भ्रम छ, तर यथार्थ भने होइन हाम्रा दैनिक काम गरेर जिविकोपार्जन गर्ने कालिगढहरुलाई पनि लामो समय लकडाउन भएर समस्या पर्न थाले पछि राहत वितरण गरिएको वताएका छन । साथै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च सुनसरीका सल्लाहकार तथा नेपाली कांग्रेस धरानका सचिव युवराज शंकरले अझै लकडाउन बढेर गयो र संस्थामा आवद्ध कालिगढहरुलाई समस्या पर्न गएमा पुनः राहत वितरण गरिने वताएका छन । संस्थाकी उपाध्यक्ष मिरा धमलाले भनिन् सुनचाँदी कालिगढहरु पनि अन्य क्षेत्रका मजदुर जस्तै हुन कतिपय कालिगढहरुबाट समस्या प¥यो भन्ने सुन्नमा आएपछि राहत वितरण गरेको वताइन लकडाउनले व्यापार व्यवासाय ठप्प छ, यो अवस्थामा कालिगढ पनि समस्यामा परेकोले राहछ वितरण गरेको वताइन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved