डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

  • वैशाख १८, २०७७
  • "विकास चाम्लिङ राई"
alt

लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए ।

यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्यक्ष रेखा गुरुङ्गले जनाए । राहत वितरण संगै कार्यक्रममा उपस्थित सम्पुर्णको थर्मल गन द्धारा शरिरको तपक्रम समेत जाच गरिएको थियो । जाच गरिएका सम्पुर्णको शरिरको तापक्रम भने नर्मल देखाएको संगठनका सहसचिव मन्जु राईले जनाए ।

लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई संगठनले विभिन्न सहयोगि संस्थाहरु संग सहकार्य गर्दै राहत उपलव्ध गराउदै आइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर सगठन धरान उपमहानगर कमिटि अध्यक्ष कमल भट्टराईले जानकारी गराए ।

अहिले सम्म धरान कमिटिले करिव चार सय जान मजदुर परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष भट्टराईले वताए ।

धरान ७ स्थित सन्ध्या इन होटलको हलमा राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा डिपो विद्यार्थी संगठन उपाध्यक्ष डा.केसव राई, सदस्य कविता लिम्वु, आशा राई, मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मि वानिया, प्रदेश १ उपाध्यक्ष रविन अधिकारी नेपाल फोटो पत्रकार महासंघ सुनसरीका सचिव शिसिर राई लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved