धरानमा तरकारी जस्तै खाद्यान्नको पनि पसल खुल्ला गरिने

  • वैशाख १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानमा तरकारीजन्य वस्तुलाइ सहज विक्रि वितरणका लागि शनिबार देखि विहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक वस्तको पसल खोलिने भएको छ ।

धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघ र धरानको २० वटै वडाका वडासदस्यहरुको सहभागितामा धरान उपमहानगरपालिकामा बुधबार बसेको बैठकले धरानमा तरकारीजन्य बस्तुलाई जसरी सहज तरिकाले विक्रि वितरण गरिँदै आएको छ त्यसै गरी खाद्यान्नलाई पनि व्यवस्थित तरिकाले बिक्री वितरण गर्नका लागि पसल खोलिने निर्णय गरिएको हो । वडा कार्यालयहरूले खाद्यान्नका पसलहरूलाई सिफारिस दिने र सुनसरी उद्योग वाणिज्य संघले समन्वय गरेर मुल्यसुची सहित पसल खोल्न दिईने निर्णय भएको छ ।

पसल खोल्दा सामाजिक दुरी कायम अनिवार्यरुपमा गर्नुपर्ने छ भने तरकारीलाई जस्तै मूल्य सुची पनि अनिवार्य राख्नुपर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिएका छन् । यसै गरी धरान उपमहानगरपालिकाको वडा नं. १४, ६ र २० मा उत्पादन हुने दुग्धजन्य बस्तुको किनबेचमा समेत सहज बनाउने निर्णय भएको छ । आ–आफ्नो वडामा मात्रै नभएर धरानभरी बिक्री वितरणका लागि अनुमति दिइने छ ।
खाद्यान्नका पसलहरु खोल्नका लागि सम्बन्धित वडाका वडाध्यक्ष र सुनसरी उद्योग वाणिज्य संघसँग समन्वय अनिवार्य गर्नुपर्ने छ । बिहान खोलिने पसलहरूले वडा कार्यालयलाई जानकारी दिनुका साथै प्रहरी प्रशासनसँग पनि समन्वय गर्नुपर्ने छ । खोलिएका खाद्यान्नका पसलहरूको वडाअध्यक्षहरुले अनुगमन गर्नेछन् ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved