धरान । लिम्बु समुदायका समाजसुधारक अग्रज लफयङ संरक्षक धार्मीक गुरु देवबहादुर तुम्बापो लाई गुरु फाल्गुनन्द लिङदेनको चेला भनिएकोमा सेवासावामा परिचालन समिति, फाल्गुनन्द नोमाङगेन्ना सेवा संघ, फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाले आपत्ति जनाएको छ । गुरु तुम्बापोको हालै ७६ वर्षको उमेरमा माङसेबुङ इलाममा दुःखद निधन भएको थियो । महागुरु फाल्गुनन्द लिङदेनको जीवनकालमा अनुयायी भएर उनको समाज सुधारका कार्यमा लागेका थिए तुम्बापो । उनि फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाका संरक्षक समेत थिए । उनको निधनमा श्रद्धाञ्जली दिने, दुःख प्रकट गर्ने निहुँमा मिडियाहरु र सामाजिक सञ्जालमा स्वर्गिय देवबहादुर तुम्बापो वर्तमान माङस
धरान । लकडाउनका कारण चैत्र ११ गते देखि बन्द रहेको बैंक तथा वित्तिय संस्थाहरु आज (आइताबर) देखि खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्था मार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरे पछि आज (आइतबार) बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका हुन्। मन्त्रिपरिषद्को गत वैशाख २४ गतेको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् । बैंक तथा वित्तीय संस्थाका शाखाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । एक पटकमा ५ जनालाई मात्र प्रवेश दिने
वैशाख २७, भद्रपुर । झापाको काँकडभिट्टास्थित पूर्वी नाका शनिवारदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीट्यांकी नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महीनापछि खुलेको हो । मेची भन्सार कार्यालयका प्रमुख धव्र विश्वकर्माले भारतबाट शनिवार ३० मालवाहक गाडी नेपाल भित्रिएका बताए । उनका अनुसार सीमावर्ती पानीट्यांकीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले शनिवार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइल
धरान/ उदयपुरका थप १ जनामा कोरोना भाइरस को संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै नेपालमा संक्रमितको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपचार पछि निको हुनेको संख्या ३१ पुगेको छ ।
धरान । गत शुक्रबार उदयपुरको भुल्केमा देखिएको कोरोनाको संक्रमितहरु एकै परिवारका रहेका छन् । त्रियुगा नगरपालिकाको वडा नम्बर ३ स्थित भुल्केमा थप ३ जनामा देखिएको कोरोना भाइरसको संक्रमण एकै परिवारका हजुरआमा र नातिनी हुन् । कोरोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । उनीहरु सँगै ती परिवारमा ७ जना संक्रमित पुगेको छ । संक्रमित मध्ये १८ वर्षीया किशोरी र ६५ वर्षीया वृद्धा हजुरआमा र नातिनी हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित भएका एकै परिवारको ५ जना पनि उनीहरुकै परिवारका सदस्य हुन् । त्यो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्र
धरान /आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम नरोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ । दिउँसोसम्म पहाडी र तराइका केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
धरान /नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणामा उदयपुरका ३ , पर्सा १ र कपिलवस्तु ३ जना गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो । उदयपुरका १८ , ४५ र ६५ वर्षीय महिला, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । &
नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्ष
तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा
कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्र मण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाए ।