शुक्रबार भुल्केमा भेटिएका कोरोना संक्रमित एकै परिवारका "परिवारमा संक्रमित संख्या ७ पुग्यो"

  • वैशाख २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत शुक्रबार उदयपुरको भुल्केमा देखिएको कोरोनाको संक्रमितहरु एकै परिवारका रहेका छन् ।


त्रियुगा नगरपालिकाको वडा नम्बर ३ स्थित भुल्केमा थप ३ जनामा देखिएको कोरोना भाइरसको संक्रमण एकै परिवारका हजुरआमा र नातिनी हुन् । कोरोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।

उनीहरु सँगै ती परिवारमा ७ जना संक्रमित पुगेको छ ।

संक्रमित मध्ये १८ वर्षीया किशोरी र ६५ वर्षीया वृद्धा हजुरआमा र नातिनी हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित भएका एकै परिवारको ५ जना पनि उनीहरुकै परिवारका सदस्य हुन् ।

त्यो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्रमित ५ जना मध्ये ६५ वर्षीया महिलाको छोरा र उर्दु पढ्न भारतको विहार गएको नातिनी छन् । छोरी र ज्वाईको साथै अर्का छोरीको छोरा पनि संक्रमित छन् । जसमा दुई नाती शुक्रबार मात्रै डिस्चार्ज भएका छन् ।

अर्का संक्रमित ४५ वर्षीया महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका संक्रमितकै आमा हन् । उनको छोरा शुक्रबार कोशी कोरोना अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा छन् ।

उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा सहभागी हुन् आएका हुन् ।

विवाहपछि चैत १६ गतेदेखि भुल्केमा छन् ।
भुल्केमा पुनः कोरोना देखिन थालेपछि संक्रमित परिवारले आफ्ना सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् । कोशी कोरोना बिशेष अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ वर्षीया महिलाको छोराले परिवारै क्वारेन्टाइनमा राखेर उपचार गर्न माग गरेका छन् ।

उनले भने, ‘आज मेरो आमालाई देखियो, भोलि अरुका छोरा नाति र बुहारीमा पनि देखिएला, हामीलाई अहिलेसम्म केही भएको छैन्, केही लक्षण देखिएको पनि छैन र डाक्टरले कुनै औषधि पनि चलाएको छैन् ।

खाली तातो पानी र पौष्टिक आहारले ठिक हुन्छ भने मोतिगडाकै क्वारेन्टाइनमा राख्नुपर्यो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved