छोरोले गरे बाबुआमाको हत्या

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिनिधि तस्बिर

तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् ।

फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् ।

कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए ।

फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो ।

कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्राउ गरिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थल प्रहरी चौकीदेखि ४ किलोमिटर दूरीमा पर्छ ।

मृतकका ७ महिनाकी छोरी छन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेको वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved