तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् ।
फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् ।
कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए ।
फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो ।
कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्राउ गरिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थल प्रहरी चौकीदेखि ४ किलोमिटर दूरीमा पर्छ ।
मृतकका ७ महिनाकी छोरी छन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेको वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।