‘स्व.देवबहादुर तुम्बापो महागुरु फाल्गुनन्दको अनुयायी तथा जिवनी लेखक थिए’

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लिम्बु समुदायका समाजसुधारक अग्रज लफयङ संरक्षक धार्मीक गुरु देवबहादुर तुम्बापो लाई गुरु फाल्गुनन्द लिङदेनको चेला भनिएकोमा सेवासावामा परिचालन समिति, फाल्गुनन्द नोमाङगेन्ना सेवा संघ, फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाले आपत्ति जनाएको छ ।

गुरु तुम्बापोको हालै ७६ वर्षको उमेरमा माङसेबुङ इलाममा दुःखद निधन भएको थियो । महागुरु फाल्गुनन्द लिङदेनको जीवनकालमा अनुयायी भएर उनको समाज सुधारका कार्यमा लागेका थिए तुम्बापो । उनि फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाका संरक्षक समेत थिए ।

उनको निधनमा श्रद्धाञ्जली दिने, दुःख प्रकट गर्ने निहुँमा मिडियाहरु र सामाजिक सञ्जालमा स्वर्गिय देवबहादुर तुम्बापो वर्तमान माङसेबुङ स्थित किरात सत्यहाङमा पन्थका धर्मगुरु आत्मानन्द लिङ्देनको चेला थिए भनि अपमानित गर्दै गलत, भ्रामक कुरा प्रचार गरिएकोमा सम्बद्ध संस्थाहरुले संयुक्त विज्ञप्ती मार्फत अपत्ति जनाएका हुन् ।

सेवासावा परिचालन समिति संयोजक मणिकुमार इधिङगो, फाल्गुनन्द नोमाङगेना सेवा संघका महासचि चाम्लिङ हाङ चेम्जोङ, उपाध्यक्ष दिलकुमार आङदम्बे व्दारा जारी संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तीमा स्वर्गिय गुरु तुम्बापो महागुरु आत्मनन्द लिङदेनको अनुयायी तथा उनको जीवनी लेखक भएको उल्लेख गर्दै भनिएको छ ‘वर्तमान ‘गुरु आत्मनन्द जन्मिदा गुरु लाफयङले दशौं वसन्त पार गरिसक्नुभएको थियो र वहाँले तेह्र बर्षको सानै उमेरमा गुरु बद्रीनन्द ज्युबाट दिक्षा लिएर गुफा समाधिमा बस्नुभएको कुरा जगजाहेर छ ।

गुरु लाफयङले सत्यहाङमाको दीक्षा लिएको समयमा आत्मनन्द अढाई÷तीन बर्षको नाबालक हुनुहुन्थ्यो र वहाले सत्यहाङमा दिक्षा सम्भवत लिनुभएकै थिएन ।’

गुरु तुम्बापोको जीवनकाल र गुरु आत्मनन्दको बारेमा बुझ्दै नबुझी गुरु लाफयङलाई आत्मनन्दको चेला भनेर महागुरु फाल्गुनन्दको सम्पुर्ण अनुयायी सत्यहाङमा पन्थीहरु बीचको सद्भावमा खलल पु¥याएर गुरु आत्मानन्दको प्रतिष्ठामा मान मर्दन गर्ने काम भएको विज्ञप्तीमा उल्लेख छ ।

 

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved