समाज

    Showing 6,301-6,310 of 6,744 items.
  • सहिदभूमि गाँउपालिका बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण

    धनकुटा, ६ भदौ / धनकुटाको सहिदभूमि गाँउपालिकाले खाँली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाँली रहेका बाँझो जमिनमा फलफूलको विरुवा वृक्षारोपण गरिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो । गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाँली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 923 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • किसानलाई घाँस काट्ने मेसिन

    इलाम  / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए । नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योज

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,732 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

    विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जातीय भेदभाव विरुद्घ यामकलाले गरीन मूद्घा दर्ता

    इलाम / जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई

    • प्रकाशित मितिः भदौ १, २०७७
    • 1,159 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • झापा गाउँपालिकाका बाढी पिडितलाई इसाई समाजको राहत

    सुनसरी । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित बनेका झापा जिल्लाको झापा गाउपालिका वडा नम्वर १ र २ का बाढिपीडितहरुलाई प्रदेश १ इसाई समाजले राहत वितरण गरेको छ । केही दिन देखि अविरल वर्षाका कारण विस्थापित बनेका १ सय १० घरपरिवारलाई राहत वितरण गरेको हो । शुक्रबार समाजले क्वीक रेस्क्यु टिम नेपालको सहकार्यमा कन्डक्ट टिम नेपालको सहयोगमा झापा गाउपालिकाको समान्वयमा राहत बितरण गरेको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए । झापा गाउपालिकाको वडा नम्वर १ र २ का १ सय १० घर परिवार बिस्थापित भएपछी उनिहरुको दैनिकिमा समस्या भएको थियो । उनीहरुलाई प्रती घर परिवार २५ केजी चामल, दाल, २ लिटर तेल र नुन उप

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • 961 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमण रोक्न जनप्रतिनिधिको घरदैलो

    निर्वाचनका क्रममा घरदैलो गरेदेखि स्थानीय जनप्रतिनिधि वडाको कामकाजमै व्यस्त देखिए । तर बिहीबार वडा कार्यालय बन्द गरी वराहक्षेत्र वडा नं. १ र २ का जनप्रतिनिधि घरदैलोमा निस्किए । वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमण बढेपछि स्थानीयलाई सचेतना जगाउन जनप्रतिनिधि सुरक्षा निकायसँगै खटिए । वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ ले वडा कार्यालयको सम्पूर्ण कामकाज आगामी ३ दिनका लागि बन्द गरेको छ । छिमेकी वडा नं. ५ मा संक्रमण देखिएपछि संक्रमण रोक्नका लागि वडा कार्यालयलसँगै बजार बन्द गर्न वडाध्यक्षद्वय आफैं आह्वान गर्दै घरदैलोमा पुगेका हुन् । बिहीबार दुवै वडाका वडाध्यक्ष, प्रहरी प्रशासनको टोलीले स्थानीय ब

    • प्रकाशित मितिः साउन २९, २०७७
    • 988 पटक पढिएको
    • " हिमाल राई "
  • १ अर्बको लगानीमा युवाहरुद्धारा क्वालिटी पेपर ईण्डष्ट्रिज सञ्चालन

    चितवन /  चितवनको छिमेकी जिल्ला नवलपुरको आरुङ्गखोलामा १ अर्ब रुपैयाँको लागतमा नयाँ कागज उद्योग सञ्चालन आएको छ । कागज उद्योगको ईतिहास जोडिएको नवलपरासी जिल्ला हाल नवलपुर र पश्चिम नवलपरासीको रुपमा रहेको छ । भृकृटी कागज उद्योग हाल वन्द रहेपनि तत्कालिन अवस्थामा कागजको जिल्लाको रुपमा परिचित थियो ।नवलपरासीको पहिचान फेरि स्थापित गर्न युवा व्यवसायहरुको लागानीमा क्वालिटी पेपर ईण्डष्ट्रिज  प्रा.लिले सञ्चालन आएको हो ।उद्योगले आज पत्रकार सम्मेलन गर्दै स्वदेशमा खेर गएको कागजजन्य फोहर र स्थानिय कच्चा पदार्थको प्रयोगबाट नयाँ क्वालिटी पेपर ईण्डष्ट्रिज प्रा।लिले सञ्चालन ल्याएको जनाएको छ । नवलपुरस्थित

    • प्रकाशित मितिः साउन २८, २०७७
    • 891 पटक पढिएको
    • "राजेन्द्र आचार्य"
  • एनवी बैँकद्धारा स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान

    भेडेटार । नेपाल बंगलादेश बैँक लिमिटेड साँगुरीगढी  शाखाले सागुरीगढी गाँउपालिका र इलाका प्रहरी कार्यालय भेडेटारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  बैँकका शाखा प्रमुख विनम श्रेष्ठका अनुसार सागुरीगढी गाउपालिकालाई पहिलो चरणमा ८ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपलब्ध गराइएको बताए ।गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिए । यसको उपयोगिता र प्रभाबकारीकालाई हेरेर पुनः सहयोग गर्न सकिने उनले जानकारी दिए । त्यसैगरि इलाका प्रहरी कार्यालय भेडेटारमा पनि बैकले पहिलो चरणमा १६ थान फेस सिल्ड र ८ थान एन ९५ मास्क उपल

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,915 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमितको आत्मबिश्वास बढ्दै, सतर्कता अपनाउन सुझाब

    इटहरी । कोरोना संक्रमण देखिएपनी लक्षण नदेखिएका स्थानियको दैनिकीनै परिवर्तन भएको छ । कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका ले घरमै गुप्तबास बसेका छन् । संक्रमण पुस्टि भए पनि लक्षण नदेखिए कुनै खतरा नहुने थाहा पाए पछि संक्रमण भए पनि चिन्तामुक्त छन् । इटहरी ४ का एक संक्रमीत भन्छन् , `दिनमा एक पटक इटहरी अस्पतालका चिकित्सक संग भिडियो कल मार्फत स्वास्थ्य सम्बन्धित परामर्ष लिने गरेको छु, अहिले आफु कोरोना संक्रमित छु जस्तो लागेको छैन । संक्रमण देखिना साथ अस्पताल जाने तयारी गरेपनि घरमै सुरक्षा सतर्कता अपनाएर बसे सुरक्षित रहने जानकारी पाए घरकै एक कोठालाइ आइसोलेसन बनाएर बसेका छन । लक्षण बिनाको संक्रमण त्यत

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आलु खेतीमा इलामका किसान हर्षित

    इलाम / नेपालमा ठूलो परिमाणमा भारतबाट आलु जिल्ला भित्रिने गरेपनि यस पटक कोरोना संक्रमणले लकडाउन भएसँगै भारतबाट नआएपछि किसानले उत्पादन गरेको बिक्रिमा समस्या भएको छैन । भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरीद गरेपछी किसानले उत्पादन गरेको आलुले मूल्य पाएको हो । गएका वर्षमा यसै सिजनमा रु प्रतिमन हजार देखि बाह्र सय (४० किलो) मा किन बेच हुने गरेपनि यसवर्ष प्रतिमन दुई हजार रुपैयाँ सम्ममा बिक्रि भएपछि किसान आलु खेतिबाट निरास बन्नु परेन । सन्दकपुर गाउँपालिका माइमझुवाका किसान गङ्गा गुरुङले गएका बर्षहरूमा प्रतिकिलो किलो ३०÷४० रुपैयाँले विक्ने आलु यस पटक भने प्रतिक

    • प्रकाशित मितिः साउन २७, २०७७
    • 1,025 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved