आलु खेतीमा इलामका किसान हर्षित

  • साउन २७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / नेपालमा ठूलो परिमाणमा भारतबाट आलु जिल्ला भित्रिने गरेपनि यस पटक कोरोना संक्रमणले लकडाउन भएसँगै भारतबाट नआएपछि किसानले उत्पादन गरेको बिक्रिमा समस्या भएको छैन । भारतबाट आलु नआएपछि इलामका व्यवसायीले जिल्लाकै ग्रामीण भेगको आलु खरीद गरेपछी किसानले उत्पादन गरेको आलुले मूल्य पाएको हो ।

गएका वर्षमा यसै सिजनमा रु प्रतिमन हजार देखि बाह्र सय (४० किलो) मा किन बेच हुने गरेपनि यसवर्ष प्रतिमन दुई हजार रुपैयाँ सम्ममा बिक्रि भएपछि किसान आलु खेतिबाट निरास बन्नु परेन । सन्दकपुर गाउँपालिका माइमझुवाका किसान गङ्गा गुरुङले गएका बर्षहरूमा प्रतिकिलो किलो ३०÷४० रुपैयाँले विक्ने आलु यस पटक भने प्रतिकिलो ५० रुपैयाँले घरबाट आलु बेच्न पाउँदा खुसि भएको बताए । “यस बर्ष )गएका बर्षहरूको तुलनामा यस पटक राम्रै गरी आलु फलेको पनि छ ।”गुरुङले भने,“२० मन जति बेचे होला ।” गुरुङले यस बर्ष आलुबाट नसोचेको आम्दानी लिएको बताउछन । अहिले आलु बेच्नका लागि बजार ल्याउनु पर्दैन व्यापारी नै आल् किसानको घर पुग्ने गरेका छन । भारतबाट नआएपछि बजारमा आलु अभाव भएसँगै किसानकै भाउमा व्यापारी पनि आलु किन्न बाध्य छन् ।

यता व्यवसायीले भने ग्रामीण भेगबाट आलु ल्याउन समस्या भएको बताउछन सडक भत्किएका र पहिरो झरेकाले बजार सम्म आलु नै ल्याउन नसकिएपछि बजारमा आलु महङ्गो भएको व्यवसायीको भनाई छ । कारण बजारमा आलुको ‘चरम अभाव’ भएकाले महँगोमा किनेर बेच्न बाध्य भएको इलाम बजारका तरकारी व्यवसायी सन्तोष परियार बताउछन । “अरू बेला बजारमै आलु आउँथ्यो । अहिले त किसानकै बारीमा गएर किनेर ल्याउनु पर्छ’ परियारले भने,“अहिले त प्रति किलो नै ६० रुपैयाँ पर्छ ।” तरकारीमा पनि आलुको खपत अन्य तरकारिको तुलनामा बढी नै पर्ने भएकाले आलुको खपत बढि हुने गर्छ । गएका बर्षमा भारतबाट भित्रिने आलु यस पटक नभित्रिदा झापाका व्यवसायी पनि इलाममा नै आलु किन्नको लागि आउने गरेको कारण महँगिएको परियार बताउँछन् ।

“अरू बेला भारतबाट आलु आउँथ्यो । यो पटक त झापाकै व्यापारी पनि सूर्योदय नगरपालिकाको पैरे भञ्ज्याङसम्म पुग्ने गर्छन । जिल्ला बाहिरका व्यापारीले पनि यहाँबाट खरिद गरेको हुँदा इलाममा आलुको अभाव भएको छ ।” व्यवसायी लक्ष्मी घिमिरे भन्छन,“गएका बर्षमा ५० रुपैयाँ भाँडामा बजार ल्याउन सकिन्थ्यो तर यस पटक भने ३ सय तिर्नुपर्छ ।” घिमिरेले आलु मात्र नभइ सबै खालेल तरकारीे मूल्य आकाशिएको बताउँछन । गत बर्ष यही समयमा प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको आलुको मूल्य यसवर्ष प्रतिकिलो ७० रुपैयाँमा किनबेच भईरहेको छ भने ६० रुपैयाँमा कोरोबार हुने टमाटर ८० रुपैयाँ पुगेको छ । व्यवसायीका अनुसार करेला दुई सय रुपैयाँ किलो छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved