धरान/ धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत बिहीबार सम्पन्न बास्केटबल प्रतियोगिताको उपाधि मेघा हिमालयन स्कुलले जितेको छ। फाइनलमा केके इन्टरनेशनल स्कुललाई ५२–४८ ले पराजित गर्दै मेघाले च्याम्पियनशिप आफ्नो नाममा लेखाएको हो। सुरुवाती दुई क्वार्टरमा केके इन्टरनेशनलले खेलमा पकड बनाएको थियो। पहिलो क्वार्टर ४–३ र दोस्रो क्वार्टर १०–५ ले आफ्नो पक्षमा पार्दै उसले पहिलो हाफमा अग्रता कायम राखेको थियो। तर तेस्रो क्वार्टरमा मेघाले उत्कृष्ट पुनरागमन गर्यो। बलियो रक्षात्मक प्रदर्शनसँगै केकेलाई केवल ४ अंकमा सीमित गर्दै आफूले १६ अंक जोडेर खेल आफ्नो पक्षमा मोड्यो। चौथो
सर्लाही/ सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरका एक युवकले आफ्नै बुवा र भिनाजुलाई फसाउने नियतले छिमेकीको हत्या गरेको रहस्य बाहिरिएको छ। असार ७ गते मानपुरका ५३ वर्षीय होसनारायण राय यादवको घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । प्रहरीले सोही हत्याको आरोपमा मृतकका छिमेकी २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सदरमुकाम मलङ्गवामा पत्रकार सम्मेलन गरी हत्या आरोपी सन्तोषलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार असार ६ गते मोबाइलको निहुँमा आरोपी सन्तोषको आफ्नै बुवा श्यामबाबु रायसँग झगडा भएको थियो ।
धरान/ धरान उपमहानगरपालिकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेपछि आलोचना सुरु भएको छ। गत आर्थिक वर्षमा पनि तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वमा बजेट असोज ४ गते मात्र सार्वजनिक भएको थियो। यसपटक पनि बजेट ढिलो हुने संकेत देखिएपछि धरानमा त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने चर्चा चल्न थालेको छ। कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले भने बजेट तयारी अन्तिम चरणमा पुगेको बताउँदै यही साताभित्र सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार बजेट निर्माणका क्रममा नागरिकका अपेक्षा र आवश्यकतालाई समेट्ने प्रयास गर्दा
सुनसरी/ सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को
सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ । अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो । राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु,
- रणध्वज लाेहार धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो । उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए । विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने । सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांक
धरान/ सुनसरीको धरान–१६ स्थित कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सफल भएका आफ्ना विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा बधाई दिएको छ। कलेजको सभाहलमा आयोजित कार्यक्रममा साइन्स, म्यानेजमेन्ट तथा कम्प्युटर म्यानेजमेन्ट संकायबाट उत्तीर्ण भएका सबै विद्यार्थीलाई खादा ओढाएर सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कलेजका प्रबन्ध निर्दे
पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालिका ६ पानबारीमा हरेक बर्ष झैं यो बर्षमा असार १५ का दिन राष्ट्रिय धान दिवसको अवसरमा धान रोपाई महोत्सव हुने भएको छ । आयोजक सहभागि कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा २३ धान दिवसको अवसर २०८३ को अवसरमा धरान ६ पानबारीमा १२ औं धान रोपाई महोत्सव हुने भएको हो । आयोजक सहभागि कृषी सहकारी संस्था लिमिटेडका अध्यक्ष झुमा राईका अनुसार असार १५ गते पानबारीकै कृषि सहभागि मार्ग ,वायो ग्याँस प्लान्टको अगाडि कृषकको खेतमा धान महोत्सब हुने बताईन् । अध्यक्ष राईका अनुसार यस बर्षको धान रोपाई महोत्सबमा कोशी प्रदेशका उद्योग तथा कृषिमन्त्री इसरायल मन्सुर आउने भएका
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्गबाट ठूलो परिमाणमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। प्राप्त सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब ३:४५ बजे चेकजाँच गर्ने क्रममा धरान–१७ फोकल्यान्डका ३० वर्षीय आङदावा तामाङ र १९ वर्षीय बुद्ध दर्जीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट Caliban का ४ हजार १८५ ट्याब्लेट र Tramol-50 का ४ हजार १८५ क्याप्सुल गरी जम्मा ८ हजार ३७० लागूऔषध ट्याब्लेट/क्याप्सुल बरामद गरिएको छ। पक्राउ परेका दुवैलाई बरामद लागूऔषधसहित न
धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते नगर सभा गरेर निति कार्यक्रम सहित बजेट घोषणा गरिसक्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०८३/८४ का लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने हुन्छ । तर धरानले यस वर्ष पनि कानुनले तोकेकै समयमा नगरसभा घोषणा गरेर बजेट ल्याउन सकेन् । देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन् । तर धरानमा आन्तरिक तयारीका लागि जनप्रतिनिधीहरुको तालमेल हुन नसक्दा नगरसभानै अन्यौलमा परेको छ । यो अवश्था अहिलेको मात्रै होइन । २०७९ मा निर्वाचित भए पश्चात बनेको धरानको स्थानीय सरकारले समयमै बजेट बनाउन चु