इटहरी । इटहरीमा सञ्चालित निजि कलेजको ज्यादती बिरूद्ध पहिलो पटक बिद्यार्थीहरू सडकमा उत्रिएका छन । समयमै जायज मागको सुनुवाइ नहुँदा र पटक पटक कलेज सञ्चालकहरूले बेवास्था गरेपछि बिद्यार्थीहरूले स्थानीय सरकार देखि राष्ट्रिय राजमार्ग नै अवरूद्ध गर्न बाध्य बनेका छन । कोरोना संक्रमणसंगै मुुलक लकडाउन हुँदा कलेजहरूले सो समयको पनि शुल्क तिर्न लगाएपछि बिद्यार्थीहरू आन्दोलित बनेका हुन । उनीहरूले लकडाउनको समयको कुनै शुल्क नलिन कलेज सञ्चालकहरूसंग आग्रह गर्दा वेवास्था गर्दै आएका थिए । इटहरी स्थित कस्तुरी कलेजबाट सुरू भएको बिद्यार्थी आन्दोलन अहिले अधिकांस निजि कलेज प्रवेश गरिसकेको छ फलस्वरूप शयौको संख्यामा अध
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर हुने गरेको अव्यवस्थीत पार्किङले एम्बुलेन्स तथा विरामी बोकेर आएका सवारीसाधनलाई पनि अस्तव्यस्त बनाएको छ । प्रतिष्ठानको प्रवेशद्वार अघि पार्किङ गरिएका टेम्पो, सिटीसफारी लगायतका सवारी साधनले अस्पताल प्रवेशमै बाधा पुर्याउने गरेको छ । अव्यवस्थीत पार्किङले गम्भीर प्रकृतिका बिरामी बोकेर आएका एम्बुलेन्सनै रोकिदा बिरामीहरु जोखिममा हुने गरेका छन् । जथाभाविको पार्किङले बाटोमा हिड्न्े बटुवा, विरामी लिएर आएका आफन्तहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ । दिनप्रतिदिन विरामीको चाप बढ्नु र प्रतिष्ठान रेफरल अस्तापलको रुपमा विकसित हुदै गएकोले प्रतिष
इटहरी / मोरङको सुन्दरहरैंचास्थित एक नं वडा कार्यालयमा बिगत एक महिना देखि वडा सचिव नहुँदा दैनिक काम कार्वाहीहरू प्रभावित बनेका छन । सचिवको कोशी करीडोर अन्तरगत बिराटनगर सरूवा भएर गएपछि वडा फागुन देखि सचिव विहीन हुन पुगेको हो । वडा सचिव कार्यालयमा नभएपछि दैनिक जसो आवश्यक पर्ने कामहरू सबै प्रभावित भएका छन भने बालबालिकाहरूको जन्म दर्ता, बिवाह दर्ता, मृत्युदर्ता लगायत योजना सम्बन्धिका कामहरू प्रभावित भएको वडाका कर्मचारीहरूले बताएका छन । कार्यालयमा सचिव नहुदा सेवाग्राहीहरूलाइ पर्न गएको असुविधाको विषयमा पटक पटक नगर प्रमुख शिव ढकाल सँग गुनासो गरे पनि वेवास्था गरिएको वडाका जनप्रतिनिधिहरू बताउँछन्
इलाम / इलाम नगरपालिका–५ का मेघनाथ आचार्यको घरमा सानो गाई थियो । गाईबाट दैनिक दुई÷तीन लिटरमात्र दूध उत्पादन हुन्थ्यो । धेरै दूध दिने गाई किन्ने पैसा पनि थिएन । आफूसँग पैसा नभएपछि धेरै दूध दिने गाई किन्न नसकेका आचार्य दुःखले घर खर्च चलाइरहेका थिए तर गाई किन्नका लागि इलाम नगरपालिकाले अनुदान दिएपछि उनको दैनिक आम्दानी बढेको छ । अनुदानको रकमबाट उनले धेरै दूध दिने गाई किने । अहिले दैनिक २२ लिटरसम्म दूध बेचिरहेका छन् । पहिले दैनिक चार लिटर दूध बेचेर मासिक पाँच हजार दुई सय ८० रूपैयाँ आम्दानी गरिरहेका आचार्य अहिले मासिक २९ हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । आफूले उत्पादन गरेको दूध सङ
विराटनगर । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाटै पुनः भारततर्फ डिजेल तस्करी गर्ने कार्यमा संलग्न दुई जना भारतीय पक्राउ परेका छन । विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयबाट भारत जिल्ला अररिया मिरगन्ज बस्ने वर्ष २६ को मोहमद सजाद र वर्ष २१ को ईमरोज आलम पक्राउ परेका हुन । उनहिरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको प्रहरीको भनाई छ । दुबैले नेपालतर्फबाट ट्यांकरमै लोड गरेर पुनः भारततर्फ डिजेल तस्करी गर्ने तयारी गरेका थिए । बुढीगंगा गाउँपालिकाको
इटहरी / एक साताअघि सुनसरीको भन्टाबारी नाकाबाट ठूलो मात्रामा लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले त्यसकै भोलिपल्ट अर्काे सीमा क्षेत्रबाट हतियारसहित एकजनालाई पक्राउ गरेको थियो । सुनसरीसँग सीमा जोडिएका हरिनगरा र भन्टाबारीबाटै प्रहरीले अवैध बोइलर कुखुरा, अन्डा र लत्ताकपडाहरू पनि बरामद गरकेको छ । जाँचकै क्रममा प्रहरीले आइतबार पनि भन्टाबारी नाकाबाटै अवैध रूपमा सुनसरीमा ल्याइँदै गरेको अवस्थामा को विभिन्न जातका १०० किलो माछा बरामद गरी नष्ट गरेको छ । यसरी भारतीय नाकाहरूबाट दैनिकजसो तस्करी बढ्न थालेपछि पछिल्लो समय नेपाल प्रहरी थप चुनौतीको सामना गर्न बाध्य बनेको छ । नेपाल स
वराहक्षेत्र/ वराहक्षेत्र–५ को इन्द्रेणी टोलस्थित वराह कृषि फारममा आइतबार बिहान ४ बजेतिर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोलागीबाट ४ वटा माउ भैंसी र बाख्राका ३ वटा पाठा जलेर मरेका छन् भने ४ वटा माउ भैंसी, २ पाडा र १ पाठा घाइते भएको महेन्द्रनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आगो नियन्त्रणका क्रममा फारमका सञ्चालक ६१ वर्षीय अमरबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको शरीरको पछाडिको भाग र टाउको जलेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ । आगोलागीमा ३१ वर्षीय हरि खत्री पनि सामान्य घाइते भएका छन् । उन
धरान/ धरान नगर क्षेत्रमा पानी आपूर्ति हुने मुख्य मुहानहरू सर्दू, खर्दू र तामाखाम जलाधार क्षेत्रमा वनभोज खानेहरूले फोहोर गर्ने गरेका छन् । ती मुहानको सरसफाइमा भने सरोकारवालाहरूले चासो दिएको पाइँदैन । जनसरोकार मञ्चले नेपाल खानेपानी संस्थानको शाखा र अहिले खानेपानी बोर्डलाई पटक–पटक ध्यानाकर्षण गराए पनि सम्बन्धित पक्षले यसतर्फध्यान दिन सकेको छैन । मेयर तिलक राईले भने यो विषयमा उपमहानगरपालिका गम्भीर रहेको बताए । ‘जलाधार क्षेत्रमा फोहोर गर्ने हामी धरान नगरवासी नै हौँ’, उनले भने, ‘मुहान क्षेत्र सफा राख्ने सबैको जिम्मेवारी हो ।’ मुहान क्षेत्रमा फोहोर नफाल्न उनले नगरव
चतरा / शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली कांग्रेस नगर कार्य समिति वराहक्षेत्रको हुइप अनुसार बिहान सम्पन्न नगर कार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए । ३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले मध्यायनबाट सुरु नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउदै बहिस्कार गरेका थिए । साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटि निर्णय गर्देे काम गरेको , ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यक्रता रिजाउने गरेको, बिकास निर्माणमा एक्लौटि गरि राजनैतिक आग्रह पुर्वाग्र र मिलेमतो गरि आर्थिक अपचलन ग
धरान/ राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उत्पादनमा जोड दिँदै कृषकको जीवनस्तर उकास्ने र कृषि क्षेत्रलाई मुख्य र दिगो आय स्रोतको रूपमा विकास गर्ने नीति बनाए पनि वर्षेनी खेतीयोग्य जमिन प्लटिङ हुने क्रम रोकिएको छैन । खेतीयोग्य जमिन प्लटिङ हुन थालेपछि कृषि पेशामा लाग्नेहरू दिन प्रतिदिन अन्य पेशा अङ्गाल्न बाध्य भएका छन् । धरान उपमहानगरपालिकाले ४, ५, ६, १७ र २० नम्बर वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ तर शहरीकरणसँगै कृषियोग्य जग्गा धमाधम प्लटिङ हुँदै जाँदासमेत उमनपाले प्लटिङलाई रोक्न सकेको छैन । उपमहानगरले आप्mनो क्षेत्रमा पर्नेे साविकका पाँचकन्या र विष्णुपाद