निगमको ट्यांकरमै राखेर भारततर्फ डिजेल तस्करी, दुई भारतीय पक्राउ

  • चैत २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 विराटनगर । भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरबाटै पुनः भारततर्फ डिजेल तस्करी गर्ने कार्यमा संलग्न दुई जना भारतीय पक्राउ परेका छन ।

विराटनगर महानगरपालिका वडा नं. ४ कन्चनबारी स्थितमा रहेको नेपाल आयल नियम १ नं. प्रदेश कार्यालयबाट भारत जिल्ला अररिया मिरगन्ज बस्ने वर्ष २६ को मोहमद सजाद र वर्ष २१ को ईमरोज आलम पक्राउ परेका हुन ।

उनहिरुले को १ ख ५९१२ नम्बरको ट्याङकरमा निगमको विनियम तथा प्रचलित कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजश्व चुहावट गरेको प्रहरीको भनाई छ । दुबैले नेपालतर्फबाट ट्यांकरमै लोड गरेर पुनः भारततर्फ डिजेल तस्करी गर्ने तयारी गरेका थिए । बुढीगंगा गाउँपालिकाको नितेश आयल सेन्टरबाट ट्यांकरमा डिजेल भरेर भारततर्फ लग्ने तयारीमा थिए । भारतको बरौनी डिपोबाट तेल लोड गर्न जाने क्रममै उनीहरुले ट्यांकरको चेम्बरमा फेरि नेपालको पम्पबाट तेल भरेका थिए ।

भारतमा डिजेलको मूल्य नेपालमा भन्दा महंगो पर्छ । नेपालमा रु ९९ मा एक लिटर डिजेल पाइन्छ । भारतमा भने २५ रुपैयाँ महंगो पर्छ । नेपाल आयल निगम विराटनगर कार्यालयका सूचना अधिकारी दिवस विष्टले ट्यांकरको दुई नम्बर चेम्बरमा दुई हजार ६ सय लिटर डिजेल लोड भएको पाइएको जानकारी दिए ।

भारततर्फ तेल लिन पठाइँदा निगममै ट्यांकर लक गर्ने गरिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी दुबैलाई राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको डिएसपी मानबहादुर राईले जानकारी दिएका छन । शनिबार बरौनीबाट आएको ट्यांकरमा सोही दिन राति सजाद र आलमले डिजेल लोड गराएका थिए ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved