भैँसी फारममा आगोलागी

  • चैत १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र/  वराहक्षेत्र–५ को इन्द्रेणी टोलस्थित वराह कृषि फारममा आइतबार बिहान ४ बजेतिर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगोलागीबाट ४ वटा माउ भैंसी र बाख्राका ३ वटा पाठा जलेर मरेका छन् भने ४ वटा माउ भैंसी, २ पाडा र १ पाठा घाइते भएको महेन्द्रनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगो नियन्त्रणका क्रममा फारमका सञ्चालक ६१ वर्षीय अमरबहादुर कार्की गम्भीर घाइते भएका छन् । उनको शरीरको पछाडिको भाग र टाउको जलेको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।

आगोलागीमा ३१ वर्षीय हरि खत्री पनि सामान्य घाइते भएका छन् । उनको दाहिने हातको हड्डीमा चोट लागेको बताइएको छ ।
आगोलागीमा नगद ४० हजारका साथै १० बोरा चोकर, टीभी, फ्रिज, पराल काट्ने मिसिनसहित मोटर, धान, लत्ताकपडालगायत जलेर नष्ट भएको प्रहरी जनाएको छ । प्रहरी, स्थानीय र वराहक्षेत्र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

भैंसीको गोठमा टिनको छानो भए पनि भैंसीलाई गर्मी हुने भएकोले टिनमुनि खर लगाइएको थियो । वरिपरि पनि खर र टिनले बारिएको थियो तर आपत्कालीन अवस्थामा निकाल्न नसक्दा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved