इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आगामि असार ७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि जेठ ३१ गते सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेृकोमा थोरै परिमार्जन गरी आगामि असार ७ गते सम्म लम्ब्याइएको हो । जिल्ला प्रसाशन कार्यालय सुनसरीमा आइतबार बसेको डीसीएमसीको बैठकले जारी निषेधाज्ञाको नियमहरू परिमार्जन गरी निषेधाज्ञालाइ थोरै खुकुलो बनाउने निर्णय गरेको छ । बन्द रहेको फलफुल तथा तरकारी ब्यवसाय अब बिहान ५ बजे देखि ११ बजे सम्म् खोल्न पाउने गरी निषेधाज्ञा असार ७ गते सम्म् पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको देखिएपछि थप सतरकता अपनाउन निषेधाज्ञाको समय
इटहरी । खाना खाएर संगै सुतेकि श्रीमति बिहान ओछ्यानमा मृत भेटिएपछि प्रहरीलाइ खबर गर्ने श्रीमान अनुशन्धानको घेरामा तानिएका छन । खोटाङ घर भइ इटहरी ४ चौधरी थरका एक ब्याक्तिको घरमा डेरा बस्दै आएकि ३५ वर्षिया सुनिता राइ गत ज्येस्ठ २७ गते बिहीबार बिहान सुतेकै ठाउमा मृत अवस्थामा भेटिएकि थिइन । पोस्टमार्टमको रिपोर्टले केहि शंकासपद कुरा देखाएपछि अनुशन्धानको लागि उनको श्रीमान न्यायधिश राइलाइ शुक्रबार नै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मापसे गरेर संगै सुतेको श्रीमानले बताएपनि बिहान श्रीमति मृत अवस्थामा भेटिनु घटना शंकासपद रहेको भन्दै अनुशन्धाको निमित्त न्याधिशलाइ नियनत्रणमा लि
इटहरी । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रसाशनले असारको दोश्रो साताबाट ब्यवसायहरू खुलाउने तयारीमा जुटेको छ । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले कोभिड १९ को महामारी र संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार सिमित समय तोकेर सुनसरीमा ब्यवसाय सुचारू गराउने तयारी भइरहेको जनाएको छ । केहि दिन यता खुकुलो बनाइएको लकडाउन असारको पहिलो सातासम्म यहि परिधिमा रहेर हेर बिचार गरिने र दोश्रो साताबाट पुनःपरिमार्जन गरि ब्यवसायीहर
ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् । भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका हुन् । शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटी काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुनसरी/ सुनसरीको इटहरीमा एक दम्पतीको माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतिको मृत्यु भएको छ । इटहरी २० तरहरामा कोठाभाडामा बस्दै आएका उदयपुर जिल्लाको रौता गाउँपालिका स्थायी घर भएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमति २२ वर्षीय सर्मिला राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । इटहरीको एक फर्निचर उद्योगमा काम गर्दै आएका उनीहरु लकडाउनका कारण उद्योग बन्द भएपछि माछा मार्न निस्किएका थिए । तीन बर्षीय छोरीलाई घरमै सुताएर रातको समयमा माछा मार्न इटहरी १९ र २० को सिमानामा पर्ने खार्साला गएका उनीहरु राती नै खोलामा करेन्ट लागेर मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ । मृतक दम्पतिको पोष्टमार्टम
सुनसरी/ इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ चतराको रेल्वेलाइनबाट दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाको आधारमा महेन्द्रनगर प्रहरीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डबकुमार राजवशीको नेतित्वको टोलीले अवैध हतियार , हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ प्रहरीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सि
धरान/ कोरोनाका कारण नेपालीहरुको मौलिक पर्व प्रभावित भएका छन् । मौलिक संस्कृतिको धनी नेपालीहरुको पहिचान बोकेको नेपालमा गतबर्षदेखि नै यस्ता मौलिक पर्वहरु प्रभावित बन्दै गएका छन् । मैथिलि समुदायका महिलाहरुले ले प्रत्येक बर्ष मनाउदै आएको वरसाइत पर्व समेत सुनसरीमा प्रभावित बनेको हो । हरेक वर्ष पतिको दिर्घायुको कामना गर्दै मैथली समुदायका महिलाहरुले सामुहिक रुपमा यो पर्व मनाउने गरिन्छ । सामुहिक रुपमा मनाउने गरिएको यो पर्व कोरोना कहरकै कारण महिलाहरुले घरभित्र खुम्चिएर मनाएका छन् । नजिकैको मठमन्दिरमा गएर समुहिक रुपमा मनाउने यो पर्व कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको निषेधाज्ञाका कारण वाहि
विराटनगर । प्रदेश १ सरकारले सप्तकोसी नदीमा अवस्थित खुवालुङ ढुंगो संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ ।आर्थिक वर्ष २०७८÷७९ को संघीय बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सप्तकोसीमा अवस्थित अवरोध हटाएर जल यातायात संचालन गर्ने घोषणा गरेका थिए । यसको लागि बजेटसमेत विनियोजन भएको थियो । तर, विहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश नम्बर १ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जल
इटहरी । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव भएको गुनासो आउन थाले पछि एसजी ग्रुपले अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीहरु निःशुल्क वितरण गर्न थालेको छ ।दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट जोखिम बढन थालेको अवस्थालाइ मध्यनजर गर्दै एसजि ग्रुपले सुनसरीको इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, हरिनगर गाउँपालिका लगायतलाई अक्सिजन सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको हो । ग्रुपले स्थानीय सरकार र जिल्ला प्रसाशन कार्यालयसंग समन्वय गरि उक्त सामग्रीहरू बितरण गर्न थालेको हो । एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमीरेले इनरुवा नगरपालिका प्रमुख राजन मेहतालाई अक्सिजन लगायतका स्वास्थ्य सुरक्षा सा
धरान । सुनसरीको कोशी गाउँपालिका स्थित भण्टाबारीबाट लागुऔषध खैरोहिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलिले कोशी गाउँपालिका ८ भण्टाबारीका ४० वर्षिय शम्भु कबिरथलाई पक्राउ गरेको हो । उनको साथबाट९. ४०ग्राम खैरोहिरोइन बरामद गरेको छ । उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।